Ad Area

नेकपा एमाले दाङको सबै कमिटीलाई पूर्णता


घोराही, २३ फागुन । नेकपा एमाले दाङको पहिलो पुर्ण वैठकले विभिन्न विभाग तथा संठगनलाई पूर्णता दिँदै सकिएको छ । आईतबार जिल्ला पार्टी कार्यालयमा सम्पन्न पूर्ण बैठकले डेढ दर्जन बढी विभाग गठन गरेको छ भने संघीय, प्रदेश निर्वाचन क्षेत्र तथा दश वटै पालिका तथा सय वटै वडामा ईन्चार्ज पनि तोकेको छ । यसैगरी जिल्ला सल्लाहकार, जेष्ठ कम्युनिष्ठ मञ्च र विभिन्न विभागहरुलाई समेत वैठकले पूूर्णता दिएको छ ।
एमाले दाङका अध्यक्ष हुुकुुमबहादुर बस्नेतको अध्यक्षता तथा नेकपा एमाले पोलिट व्यूरो सदस्य एवं दाङ ईन्चार्ज नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा बसेको बैठकले संघीय निर्वाचन क्षेत्र अन्तर्गत ३ वटै क्षेत्रमा ईन्चार्ज तोकेको छ । जस अन्तर्गत क्षेत्र नम्बर १ मा पार्टी उपाध्यक्ष राममणि पाण्डे, क्षेत्र नम्बर २ मा सचिव मनोहर बुढाथोकी र क्षेत्र नम्बर ३ मा उपसचिव कृष्ण भुसाललाई चयन गरेको छ ।
यसैगरी, जिल्लाका दश वटै पालिकाको ईन्चार्ज पनि तोकिएको छ । जस अनुसार घोराही उपमहानगरपालिका ईन्चार्जमा गेहेन्द्र बस्नेत, तुलसीपुर उपमहानगरपालिका ईन्चार्जमा मानबहादुर रावत, लमही नगरपालिका ईन्चार्जमा नारायण छम्पाली चयन भएका छन् । यसैगरी, दंगीशरण गाउँपालिका ईन्चार्जमा भागीराम चौधरी, शान्तिनगर गाउँपालिकामा विष्णुु केसी, राप्ती गाउँपालिकामा हरि बेल्बासे, राजपुर गाउँपालिकामा कुलराज गिरी, गढवा गाउँपालिकामा सहजराम यादव, बंगलाचुली गाउँपालिकामा हेमराज पुन चयन भएका छन् ।
गत पुस २३ गते सम्पन्न जिल्ला अधिवेशनले तय गरेको १० प्रतिशत जिल्ला कमिटी सदस्य पनि मनोनित गरेको छ । जिल्ला सदस्यमा मनोनित हुनेहरुमा सविन प्रियासन, श्याम आचार्य, बुुद्धिराम बुुढा, प्रेम नाथ योगी, दीपेन्द्र शाह, पूूर्ण वली, हरि गोराथोकी, नारायण खनाल, सुुनिल आचार्य, निमबहादुर केसी, सुरेश आचार्य, मोहन पौडेल, नवराज देवकोटा, लक्ष्मण भण्डारी, जीतबहादुर केसी, विकल्प भण्डारी, विकास डाँगी, दुुर्गा पन्थ, पूर्ण थापा, गोपाल ज्ञवाली, गोपाल विक, मनोज लामिछाने, डिल्ली पाण्डे, रविलाल घर्ती, पदमप्रसाद पाण्डे, कमल केसी चयन भएका छन् ।
यसैगरी, जिल्ला सदस्यमा किरण रेग्मी, गिरबहादुर कवँर, पूर्णबहादुर बस्नेत, लोकबहादुर खत्री, गोपाल वली, विष्णुुराम आचार्य, मोहन विक, सहदेव थारु, मोहन आचार्य, सर्वजीत वली, माधव पाण्डे, धर्म सेजवाल, सन्तोष केसी, देवुु बस्नेत, एकराज खनाल, धर्मबहादुर नेपाली, बासुुदेव भुसाल, पिताम्बर आचार्य, विकास नेपाल, डोमकान्त विष्ट, धर्म परियार, गोकर्ण वली, सुरेश रावत, रामबहादुर डाँगी, युवराज ज्ञवाली, दुुर्गा श्रेष्ठ, दिलिप खनाल, मानबहादुर आले, सुमन पोख्रेल, तिलक डाँगी, सागर खनाल, लोकबहादुर वली, बलदेव आचार्य, उमेश विकलगायत मनोनित भएको नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिए ।
यसैगरी बैठकले विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी प्रदान गरेको छ । जस अनुुसार संगठन विभाग प्रमुखमा श्याम डाँगी, स्कुल विभाग प्रमुुखमा विवेक श्रेष्ठ, प्रेस चौतारी विभागमा संगीत बस्याल, युवा तथा खेलकुुद विभागमा सुरेश रावत, खानेपानी तथा सरसफाई विभागमा नारायण छम्पाली, प्रचार विभागमा सविन प्रियासन, किसान महासंघ विभागमा सुदन केसी चयन भएका छन्। अन्य विभागहरुमा पनि विभिन्न तहका व्यक्तिहरुलाई जिम्मेवारी प्रदान गरिएको छ । यसैगरी बैठकले जिल्लाका सय वटै वडाहरुमा पनि इन्चार्ज तोकेको सचिव बुढाथोकीले बताए ।
बैठकलाई सम्बोधन गर्दै पोलिट व्युुरो सदस्य एवं जिल्ला ईन्चार्ज चौधरीले आसन्न स्थानीय तहको निर्वाचनमा सबै पालिकामा जीत हासिल गर्ने गरी पार्टी संगठन, विभाग, जनवर्गीय संगठनलाई निर्देशन दिए । विभिन्न आरोह अवरोह पार गर्दै पार्टी पंक्ति अघि बढेको बेला नागरिकको आकर्षणलाई आत्मसात गर्दै देशमा जनताकोे पार्टी भनेकै नेकपा एमाले हो भन्ने सन्देश दिन र त्यही अनुुरुप जनमत ल्याउने अभियानमा गोलवद्ध हुुन अपिल गरे ।
अहिले दाङसहित देशैभर एमालेको जनलहर चलेको बेलामा जनताको भावनाको उच्च कदर गर्नु एमालेजनको पहिलो कर्तव्य भएको उनको भनाई थियो । ‘जनताको पार्टी भनेकै नेकपा एमाले हो, यसमा जनताको विश्वास र भरोसा अडेको छ, हामीले मन वचन र कर्मले जनताको पक्षमा हिजो जसरी काम गर्योँ त्यसैको जगमा आज हामीलाई देशभर जनताले विश्वास गरेका छन्,’ उनले भने, ‘यसका लागि हामीमा हिजोको जस्तै इमान्दारिता रहनुुपर्छ ।’
२०७४ को स्थानीय निर्वाचनको समीक्षा गर्दै अब सय वटै वडामा नेकपा एमालेमय बनाउन गहन रुपमा गृहकार्य गर्न आवश्यक भएकाले जिल्लाको पूर्ण बैठकबाट जिम्मेवारी पाएका तथा विभिन्न संगठनमा रहेका सबैले इमान्दार प्रयास जारी राख्नुुपर्ने बताए ।
वैठकमा केन्द्रिय सदस्यहरु शान्ता चौधरी, सीता सिग्देल न्यौपाने, गंगा चौधरी, प्रदेश सदस्य सरस्वती गौतम, निवर्तमान जिल्ला अध्यक्ष टिकाराम खड्का, नेता शम्भु गौतम लगायतले आफ्नो भनाई राखेका थिए । उपाध्यक्ष राममणि पाण्डेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव मनोहर बुढाथोकीले गरेका थिए ।