प्रजनन् स्वास्थ्य सम्वन्धी अभिमुखीकरण

दाङ, २३ फागुन । ११२ औं अन्र्तराष्ट्रि श्रमिक महिला दिवसको अवसरमा प्रजनन स्वास्थ्य सम्वन्धी अभिमुखीकरण कार्यक्रम घोराही उपमहानगरपालिका वडा नं १३ मा सम्पन्न भएको छ । ग्रामीण क्षेत्रका महिलाहरुले आफनो स्वास्थ्यका वारेमा खुलेर वोल्न नसक्ने भएको धेरै समस्या देखा पर्ने भएकाले यस प्रकारको कार्यक्रम गरिएको हो ।
मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रको आयोजना तथा नेपाल परिवार नियोजन संघ दाङको प्राविधिक सहयोगमा अभिमुखीकरण गरिएको हो । कार्यक्रममा विशिषज्ञ डाक्टर अमित लाम्गादे र स्टाप नर्स सरिता तामाङले महिलाहरुको प्रजनन स्वास्थमा देखा पर्ने समस्या यस बाट कसरी बच्ने, परिवार नियोजनका अस्थाइ साधन, सानो उमेरका विवाह गर्ने पर्ने असर, सुरक्षीत गर्भपतन, असुरक्षीत गर्भ पतन लगाएका विषयमा जानकारी दिएको थियो ।
त्यस अवसरमा सहभागी महिलाहरुले आफुहरुमा देखा परेका स्वास्थ्य तथा प्रजनन स्वास्थ्यका बारेमा जिज्ञासा राखेका थिए । कार्यक्रम मानव कल्याण तथा बातावरण संरक्षण केन्द्रका अध्यक्ष निर्मला गौतम रेग्मीको अध्यक्षता तथा ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आशमानी चौधरीको प्रमुख आतिथ्यता भएको थियो ।
कार्यक्रममा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका सल्लाहकार कमल गौतम लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रममा विषय प्रवेस मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका कार्यक्रम संयोजक प्रदिप मजगैयाले गराएका थिए । केन्द्रका कोषाध्यक्ष माया पोख्रेलको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण केन्द्रका सहसचिव सरस्वती सुवेदीले गरेकी थिइन् ।