Ad Area

कर्मचारी युनियनको केन्द्रीय सदस्यमा शर्मा


दाङ,२३ फागुन । नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय सदस्यमा बामदेव शर्मा निर्विरोध चयन भएका छन् ।

नेपाल निजामती कर्मचारी युनियन दाङ शाखा निवर्तमान अध्यक्ष समेत रहेका शर्मा युनियनको काठमाडौंमा सुरु भएको ८ औं राष्ट्रिय महाधिवेशनवाट लुम्बिनी प्रदेश अन्तर्गत केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन ।

त्यसैगरी रुपन्देहीका नवीन पन्थी पनि केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । लुम्विनी प्रदेशबाट केन्द्रीय सदस्यमा ६ जनाले उम्मेदवारी दिएपनि अन्तमा सर्वसहमतिबाट शर्मा र पन्थी केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन ।

आइतवारदेखि सुरु भएको महाधिवेशनमा निर्विरोध रुपमा नेतृत्व चयन हुन नसकेपछि नयाँ नेतृत्व चयनका लागि मतदान भएको थियो ।