सशक्तीकरण सहितको सामाजिक जागरण आवश्यक ः मेयर पाण्डे
तुलसीपुर, २४ फागुन । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले आर्थिक सशक्तीकरणसहितको सामाजिक जागरण आवश्यक रहेको बताएका छन् ।
११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै नगर प्रमुख पाण्डेले संसारभरका सम्पूर्ण दिदीबहिनीमा लैंगिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चितता तथा सुखशान्ति एवं समृद्धिको कामना गरेका हुन् ।
यस दिवसले महिलाको सर्वाङ्गीण विकासका साथै उनीहरुको आवश्यकताका लागि सामाजिक जागरण ल्याउने कार्यमा विशेष महत्व राख्नु आजको आवश्यकता देखिएको पाण्डेले बताए । ।
महिलाका सामाजिक, राजनीतिक तथा आर्थिक सशक्तीकरणका विभिन्न आयाममा भएका उपलब्धिलाई संस्थागत गर्दै महिलाको हकअधिकार सुनिश्चितता गर्न आवश्यक रहेकामा नगर प्रमुख पाण्डेले जोड दिएका छन् ।