Ad Area

देउखुरीमा कार र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु


दाङ,२५ फागुन । देउखुरीमा कार र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–१ भालुबाङका नरेन्द्र जिसी रहेको प्रहरीले जनाएको छ ।

मंगलबार राती पौने ९ बजेको समयमा भालुबाङबाट लमही आउदै गरेको बा १० च २५८१ नम्बरको कार र लमहीदेखि भालुबाङतर्फ जाँदै गरेको रा ६ प ६८४९ नम्बरको बुलेट मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रहरीका अनुसार लमही नगरपालिका–३ बनगाउँ चोकमा भएको उक्त दुर्घटनामा परि गम्भीर घाइते भएका मोटरसाइकल चालक जिसीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन । कार र चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।

Blog Post Ad Blog Post Ad