Ad Area

जेम्समा महिला सबलीकरण कार्यक्रम


घोराही, २५ फागुुन । महिला सबलीकरणमा सहकारीको भूमिका विषयक नारी दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

घोराही १३ स्थित गोदावरी ईंग्लिश मिडियम स्कुल र जनहीतकारी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा मंगलबार कार्यक्रम भएको हो ।

विद्यालयका प्रिन्सिपल विष्णुुप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा महिला सक्षम र सबल नभएसम्म समृद्धि हासिल हुन असम्भव रहेकोमा जोड दिइएको छ । जसका लागि शिक्षामा सबैको पहुँच अपरिहार्य रहेको वक्ताहरुको भनाई थियो ।

कार्यक्रममा वडा सदस्य केशव गिरी, अभिभावक हरिसरा घर्ती, विद्यार्थी ज्योति बुढामगर, सप्तरंगी लेकबेशी आमा समुह स्मृति बाठा, सैलुङ टोल अध्यक्ष दयाजी रोका, बडहरा जागृति टोल अध्यक्ष दयाकाजी घर्ती, शुद्ध बहादुर बाँठालगायतले शिक्षाबाटै मानिसमा चेतना बढाउँदै समतामूलक समाज निर्माण गर्न सकिनेमा जोड दिनुुभयो ।

त्यसैगरी विद्यालयले अघि सारेको सहकारीको अवधारणालाई पनि अभिभावक र टोल विकास संस्थाका प्रतिनिधिहरुले सकारात्मक रुपमा लिएका छन् । बालबालिकाको भोलिको भविष्यको लागि वचत गर्न आवश्यक रहेको र यसका लागि सहकारी उत्तम विकल्प रहेको उनीहरुको भनाई थियो ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले चेतनामूूलक नाटक पनि प्रस्तुत गरेका थिए । यसैबीच नारी दिवसको अवसरमा आयोजित महिला पुरुष कुर्सिदौड प्रतियोगितामा सिता लम्साल प्रथम, हेमराज अधिकारी द्वितीय र विष्णु रोका तृतीय हुनु भएको विद्यालयका सह प्राचार्य हरिप्रसाद पौडेलले जानकारी दिए ।