Ad Area

प्रतिष्ठानको विकासका लागि पहल गर्छु : प्रदेश प्रमुख शेरचन


दाङ,२६ फागुन । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको विकासका लागि पहल गर्ने बताएका छन् । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विहिवार विहान स्थलगत अबलोकन गर्दै प्रदेश प्रमुख शेरचनले जनताको स्वास्थ्य र शिक्षासँग जोडिएको प्रतिष्ठानको विकासका लागि पहल गर्ने बताएका हुन ।

प्रदेश प्रमुख शेरचनले स्वास्थ्यसँग जोडिएको संवेदनशील राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको भन्दै उनले प्रतिष्ठानलाई राजनीतिकरण नगर्न समेत सवैसँग आग्रह गरेका थिए । प्रदेश प्रमुख शेरचनले आफु स्वास्थ्यमन्त्री हुँदा अस्पतालको स्तरोन्नतिको लागि निर्णय गरेको र अहिले अस्पतालको बिकास भएको देख्न पाउदा आफु दंग परेको सुनाए । उनले गुरुयोजना अनुसार बन्ने ४ सय बेडको अस्पतालको भौतिक पुर्बाधार बिकासका लागि बजेट प्रदान गर्न केन्द्र र प्रदेश सरकारसंग पहल गर्ने आश्वासन दिए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यही शैक्षिक शत्रदेखि सुरु हुने बिएस्सि नर्सिङ, बिएनएस र ब्याचलर अफ फार्मेसी शैक्षिक कार्यक्रममा पठनपाठन सञ्चालन गर्ने कार्यक्रम अनुरुप ती कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक पर्ने भौतिक पूर्वाधार (लेक्चर हल, अडिटोरियम हल, फ्याकल्टी रुम, ल्याव, फार्मेसी, पुस्तकालय तथा छात्रावास) र जनशक्तिको बारेमा उहाँले प्रतिष्ठान पदाधिकारीसंग जानकारी लिएका हुन ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा बसन्त लामिछानेले अहिले ४ सय बेडको अस्पताल बनाउन प्रतिष्ठानले डिपिआर गर्ने तयारिमा लागीरहेको भन्दै आबश्यक सहयोग गरिदिन आग्रह गरे । त्यस्तै प्रतिष्ठानका अस्पताल निर्देशक डा प्रज्ञा बस्नेत, मेडिकल डाइरेक्टर डा रमेश कडेल,डीन डा सागर पन्थी, सहायक निर्देशक डा एन्जिलिका कार्कीले अस्पतालको पछिल्लो भइरहेको बिकास र बिस्तारको बारेमा जानकारी दिएका थिए ।

Blog Post Ad Blog Post Ad