Ad Area

श्रीमतीको खोजी गरिदिन आग्रह


दाङ,२६ फागुन । लमही नगरपालिका–९ तेलिया निवासी शेरबहादुर कुमालले १८ दिनदेखि हराइरहेकी श्रीमतीको खोजी गरिदिन आग्रह गरेका छन् ।

गत फागुनको ८ गते घरदेखि नवलपरासीको कावासोती जाने क्रममा लमहीदेखि आफ्नी श्रीमती सितल कुमाल नेपाली हराएको भन्दै श्रीमान शेरबहादुरले हराएकी श्रीमतीको खोजी गरिदिन सवैमा आग्रह गरेका हुन ।

‘घर सल्लाह अनुसार म कामका लागि कावासोती थिए । त्यही बेला श्रीमतीले म पनि आउँछु भनेपछि आउँ भनेर बोलाएको थिए’,उनले भने,‘आउँछु भनेर घरबाट हिडेकी श्रीमती लमहीसम्म आइपुगेको जानकारी गराइन । त्यसपछि सम्पर्क विहिन भइन ।’

उनले चार बर्षीय छोरालाई घरमै छोडी सम्पर्क विहिन भएकाले देख्नु हुने सम्पूर्णलाई आफ्नो मोवाइन नम्वर ९८६४९२७८२४ वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराइदिन समेत आग्रह गरेका हुन । शेरबहादुर कुमालले पाँच बर्षअघि सितल नेपालीसँग भागी विवाह गरेका थिए ।

Blog Post Ad Blog Post Ad