Ad Area

प्रदर्शनीमा दर्शकको भीड बढ्दै


दाङ, २८ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भएको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनीको तेस्रो दिन शनिवार उल्लेख्य सहभागिता रहेको थियो । प्रदर्शनीमा दैनिक भीड बढ्दै गएको छ ।

विहानदेखि साँझसम्म पनि दर्शकको उल्लेख्य सहभागिता रहेको प्रदर्शनी आयोजक मूूल समारोह समितिले जनाएको छ । प्रदर्शनीमा रहेका पसलहरुमा ग्राहकको भीड बढेको छ ।

प्रदर्शनीमा आएका राष्ट्रिय कलाकारहरु तथा स्थानीय कलाकारहरुसंगै रमाएका थिए । नागरिकहरुलाई घामबाट बचाउन अहिले टेन्ट र बस्नका लागि उचित व्यवस्था गरिएको छ । यसले नागरिकलाइ बस्न समेत सहजता भएको बताइएको छ । प्रदर्शनीमा युवायुवतीहरुको सहभागिता बढी रहेको थियो ।

शनिवार कलाकारहरु खुमन अधिकारी, टिका पुन, प्रकाश रेग्मी , भागिरथ चलाउने, दिपाशा विसी, अभिषेक खडका, विष्णुमाया पौडेल, सापटी काका र घिरौले मेरी बासैका हास्यकलाकारहरु तथा स्थानीय कलाकारहरुले दर्शकलाई नचाएका थिए । शनिवार दाङ र प्युठान, नवलपरासी र पुर्व रुकुमको विच प्रतियोगीतामा दाङ जिल्ला उद्योग वाणिज्य संघ विजयी भएको छ ।

प्रदर्शनीमा हेलीकप्टरबाट स्वर्गद्वारी जाने तथा जिल्लाको अवलोकन गर्नेहरुको सङख्या उल्लेख्य देखिएको छ भने वालवालिकाहरु बाल उद्यानमा रमाएका थिए ।

संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ फागुन २६ गते देखि चैत ८ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी सञ्चालन भईरहेको मूल आयोजक समिति संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुथाथोकीले बताए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad