Ad Area

नेपाल वुद्धिजीवी परिषदको अध्यक्षमा गौतम चयन


घोराही, २८ फागुन । नेपाल वुद्धिजीवी परिषदको सातौँ अधिवेशनबाट विकास गौतम अध्यक्षमा चयन भएका छन् । परिषदको शनिबार घोराहीमा सम्पन्न अधिवेशनले गौतमलाई अध्यक्षमा चयन गरेको हो ।

परिषदका अध्यक्ष पहलबहादुर डाँगीको अध्यक्षता तथा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं दाङ जिल्ला ईन्चार्ज नरुलाल चौधरीको प्रमुुख आतिथ्यतामा भएको अधिवेशनले उपाध्यक्षमा तीर्थराज न्यौपाने, सचिवमा पदम न्यौपाने, सहसचिवमा लहर आचार्य, कोषाध्यक्ष तारा पौडेल चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा पहलबहादुर डाँगी, ताराप्रसाद भुसाल, गोविन्द खनाल, दीपक यादव, राजेश क्षेत्री, शशीधर भण्डारी, पदम आचार्य, रामप्रसाद गौतम, खगेश्वर पौडेल, नरेश कर्ण, नवराज अधिकारी, कमला पौडेल, छबि पुरी, चन्द्रबहादुर थापा र राजेन्द्र गौतमसहित २० जनालाई आगामी कार्यकालका लागि चयन गरेको छ ।

‘राष्ट्रियता र समाजवाद उन्मुख समुन्नत नेपाल, आसन्न निर्वाचनमा दक्षिणपन्थी अवसरवादलाई परास्त गरास्त गरौँ’ भन्ने मूल नाराका साथ आयोजित अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले समाजवादको यात्रामा नेपाल अघि बढ्नुको विकल्प नरहेको बताए । जसका लागि राष्ट्रियता र समाजवादका लागि वुद्धिजीवीहरु सजग र गम्भीर भई अघि बढ्नुपर्ने बताए।

उनले मुलुकको हीतका लागि वुद्धिजीवीहरुको भूमिका अहं हुने हुुँदा वैचारिक रुपमा तय गरिएका समाजवादका विषयलाई नागरिक समक्ष स्पष्ट रुपमा पुर्याउन पहल हुनुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागी अन्य वक्ताहरुले नेपालको समसामयिक अवस्था तथा परिषदको आगामी कार्ययोजनाका विषयमा धारणा राखेका थिए।

सो अवसरमा नेपाल वुद्धिजीवी परिषदका संस्थापक अध्यक्ष देवमणि गौतम, नेकपा एमालेका केन्द्रीय सदस्य मेनका पोख्रेल, पेशागत महासंघका केन्द्रीय सदस्य उद्धव न्यौपाने, पेशागत महासंघ दाङका अध्यक्ष अरुण आचार्य, नेकपा एमाले दाङका सदस्य एवं स्कुल विभाग प्रमुख विवेक श्रेष्ठ, प्राध्यापक श्याम आचार्य, नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश सचिव भागवत पौडेललगातले बोलेका थिए ।

Blog Post Ad

वुद्धिजीवी परिषदका जिल्ला उपाध्यक्ष विकास गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव केबी चौधरीले गरेका थिए।

Blog Post Ad Blog Post Ad