Ad Area

आम्दा नेपालद्वारा घोराहीमा समिक्षा बैठक


दाङ,२९ फागुन । मातृ तथा शिशु स्वास्थ्य परियोजना आम्दा नेपालको जिल्लास्तरीय सरोकारवालाहरुको समीक्षा बैठक सम्पन्न भएको छ । आइतवार घोराहीमा भएको समीक्षा बैठकमा परियोजनामार्फत सम्पादित काम र भएका प्रगतिका बारेमा जानकारी गराएको हो ।

जिल्ला समन्वय समिति दाङका समन्वय अधिकारी मोहन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा मातृ तथा शिशु स्वास्थ्य परियोजनाका कार्यक्रम प्रबन्धक राजेन्द्र रुचालले जनस्वास्थ्यका क्षेत्रमा अझ दायरा बढाउनु जरुरी रहेको बताए । दाङको गढवा गाउँपालिकालाई कार्य क्षेत्र बनाएर विगत ३ वर्षदेखि काम गर्दै आएको परियोजनाले मातृ शिशु स्वास्थ्यमा सुधार ल्याउन पूर्वाधार निर्माणदेखि संस्थागत विकासमा लगानी गरी सचेतना प्रदान गर्दै आएको छ ।

पालिकाको दुुर्गम क्षेत्रका महिला तथा शिशुुहरुको स्वास्थ्यमा सुधार ल्याउन तथा स्वास्थ्य सचेतना प्रंदान गर्न बितेको ३ वर्षमा प्रंभावकारी भुुमिका खेलेको जानकारी गराईएको थियो । कार्यक्रम प्रबन्धक रुचालका अनुसार गढवामा सामुदायिक स्वास्थ्य ईकाईका ६ वटा र गाउँघर स्वास्थ्य क्लिनिकका ४ वटा भवन निर्माण गी मातृ शिशुुको स्वास्थ्यमा महिला समुहमार्फत शिक्षा र सचेतनाका कार्यक्रम गरिएको छ ।

तीन वर्षको अवधिमा मातृ शिशुको स्वास्थ्य सुधारसँगै सचेतना प्रदान गर्न पूर्वाधार निर्माणमा मात्रै करीव ७ करोड खर्च भएको प्रबन्धक रुचालले बताए । सो अवसरमा स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जनस्वास्थ्य क्षेत्रमा बलियो सहयोग गर्ने निकायको अभाव रहेको बेलामा आम्दाले गरेको काम सराहनीय रहेको बताए ।

गढवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरीले पालिकामा जनशक्ति अभाव हुँदा अनुगमनमा समस्या भएको बताए । कार्यक्रममा परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक बसन्त खनालले स्वास्थ्यका क्षेत्रमा गरिएको कामको स्पष्ट अभिलेख नहुँदा कार्य सम्पादनमा बारम्बार समस्या झेल्नुपरेकाले पालिकालाई यस विषयमा ध्यान दिन आग्रह गरे । कार्यक्रमको सहजीकरण कार्यक्रम अधिकृत प्रशान्त पंगेनीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad