Ad Area

प्रदर्शनीमा कलाकारसंगै रमाउदै दर्शक


दाङ, २९ फागुन । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भएकोे दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ को चौथो दिन पनि दर्शकको उल्लेख्य सहभागिता रहेको छ ।

प्रदर्शनीमा दैनिक भिड बढदै गएको छ । विहानदेखि साँझसम्म पनि दर्शकको उल्लेखीय सहभागिता रहेको थियो । प्रदर्शनीमा रहेका पसलहरुमा ग्राहकको भिड रहेको थियो । प्रदर्शनीमा आएका राष्ट्रिय कलाकारहरु तथा स्थानिय कलाकारहरुलाइ नाचेर साथ दिएका थिए । चर्को घामको प्रवाह नगरी नागरिकहरु कलाकारहरुसंगैसंगै रमाएका थिए ।

दर्शकहरुलाई घामबाट बचाउन टेन्ट र बस्नका लागि दरीको समेत व्यवस्था गरिएको छ । यसले दर्शकहरुलाइ बस्न समेत सहजता भएको छ । प्रदर्शनीमा युवायुवतीहरुको सहभागिता बढी रहेको थियो । आइतवार कलाकारहरु कुलेन्द्र विश्वकर्मा, राधीका हमाल, सम्प्रिया खड्का, विजय परियार तथा

स्थानीयकलाकारहरुको आआफनो प्रस्तुती राखेका थिए । सोमवार कलाकारहरु पशुपती शर्मा, रचना रिमाल,शनि विश्वकर्मा, सुशीला गौतम, रुवीना अधिकारी, दिनेश थापाको तथा स्थानीय कलाकारहरुको सहभागिता रहने प्रदर्शनी मुल आयोजक समितिले जानकारी दिएको छ । प्रदर्शनीमा हेलीकप्टरबाट स्वर्गद्धारी जाने तथा जिल्लाको अवलोकन गर्नेहरुको सङख्या उल्लेख्य देखिएको छ । प्रदर्शनीको अवसरका लुम्बिनी तथा कर्णाली प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोलन गर्ने पाइने भएको छ ।

प्रदर्शनीमा बालवालिकाहरु वाल उद्यान्नमा रमाएका थिए । संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भर मुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही फागुन २६ गतेदेखि चैत ८ गतेसम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी सञ्चालन भइ रहेको छ ।

प्रदर्शनीमा ५ लाखले अवलोकन गर्ने तथा २० करोड वढीको कारोवार हुने मुख्य आयोजक समितिले जानकारी दिएको छ । प्रदर्शनीका दैनिक धार्मिक पुर्जा, पाठ तथा अखण्ड दिप प्रज्वलन भइरहेको मुल आयोजक समितिले जनाएको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad