Ad Area

दाङ महिला जेसीजद्वारा विद्यार्थीहरुलाई उत्प्रेरणात्मक कार्यक्रम


घोराही, १ चैत्र । दाङ महिला जेसीजले सकारात्मक सोँच र जीवनशैलीका लागि उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरु असल बाटोमा हिड्न र सकारात्मक विचारलाई आफ्नो व्यवहारिक जीवनमा लागू गर्न प्रेरित गर्ने लक्ष्यमा साथ मंगलबार घोराहीमा उत्प्रेरणात्मक कार्यक्रम गरिएको दाङ महिला जेसीजले जनाएको छ ।
जेसीज अध्यक्ष शारदा घर्तीको अध्यक्षता तथा मार्क ईन्टरनेशनल कलेजका प्रमुख शंकर डाँगीको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा प्रमुख प्रशिक्षकका रुपमा मानव कल्याण समाजका केन्द्रीय अध्यक्ष सुमी मानव रहेकी थिईन् । उनले मानव जाति, मानव धर्म, सभ्यता, सकारात्मक चिन्तन, असल जीवनशैली र व्यवहारका बारेमा रचनात्मक ढंगले विद्यार्थीहरुलाई प्रशिक्षण दिएकी थिईन् ।
मार्क कलेजमा बिबिएस दोश्रो वर्षमा अध्ययनरत करिव एक सय भन्दा बढी विद्यार्थीहरुले दैनिक जीवनका लागि आवश्यक पर्ने उर्जाशील सकारात्मक सोँचसम्बन्धि ज्ञान हासिल गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । सो अवसरमा प्रमुख अतिथि डाँगीले विद्यार्थीहरुमा सकारात्मक उर्जा अति आवश्यक भएकाले यस प्रकारका कार्यक्रम हरेक विद्यार्थीमाझ लैजान आग्रह गरे । अहिलेको नयाँ पुुस्तालाई असल विचार र संस्कार दिँदै सत्मार्ग हिँडाउन यस दाङ महिला जेसीजले निरन्तर रुपमा गर्दै आएका सामाजिक काम निकै प्रशंसनीय रहेको उनको भनाई थियो ।

कार्यक्रममा सहभागीहरुका तर्फबाट विनिता पन्त, दाङ महिला जेसीजकी पूर्व अध्यक्ष विणा बिसी, निवर्तमान अध्यक्ष ममता बिष्टलगायतले भनाई राखेका थिए भने कार्यक्रममा दिपिका मानवलाई सम्मान पनि गरिएको थियो । कार्यक्रम संयोजक जेसी मेनका भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा आस्थापाठ उपाध्यक्ष जेसी लक्ष्मी घमालले गरेकी थिईन् । संस्थाको मिसन भिजनका बारेमा २०२२ का प्रकरण निर्देशक जेसी नोमिका चौधरीले गराएको कार्यक्रममा धन्यवाद ज्ञापन जेसी बसन्ती सुवेदीले गरेकी थिईन् भने कार्यक्रमको सहजीकरण महासचिव नारायणी भण्डारीले गरेकी थिईन् ।

Blog Post Ad Blog Post Ad