Ad Area

इन्डो–नेपाल अन्तर्राष्ट्रिय हाप्किडो सेमिनार भव्य रुपमा सम्पन्न


घोराही, १ चैत्र । दाङको घोराहीमा इन्डो–नेपाल अन्तर्राष्ट्रिय हाप्किडो सेमिनार सम्पन्न भएको छ । हाप्किडो खेल सम्वन्धी प्रशिक्षण दिने उद्देश्यले नेपाल र भारतका प्रशिक्षकहरुको सहभागीता रहेको तीन दिने इन्डो–नेपाल अन्तर्राष्ट्रिय हाप्किडो सेमिनार सोमबार सम्पन्न भएको हो ।

खेल क्षेत्रको विकाससँगै दुुई देशबीचको भातृत्व कायम राख्न सेमिनारले ठूूलो भूमिका खेलेको बताइएको छ । खेल हरेक नागरिकको स्वास्थ्यसँगै अनुशासित समेत बनाउने भएकाले युवाहरुलाई खेलकुदसँग जोड्न सेमिनार निकै सहयोगी बनेको इन्डियन हाप्किडो फेडरेशनका महासचिव रुपकमल नन्दीले बताए ।
हाप्किडो खेल आत्म सुरक्षाका लागि समेत महत्वपूर्ण भएकाले पछिल्लो समय बालबालिकादेखि युवाहरुको राम्रो आकर्षण बढ्दै गएको दक्षिण एसिया हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्तीमगरले जानकारी दिए ।
३ दिनसम्म घोराहीमा चलेको सेमिनारमा सहभागीहरुलाई दक्षिण एशियाली हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्ती, केन्द्रीय सहायक प्रमुख प्रशिक्षक भुवन बुढामगर र प्रविण गुरुङलगायतले हाप्किडो खेलका बारेमा प्रशिक्षण दिएका थिए ।
हाप्किडोको नियम, सेल्फ डिफेन्स, रेफ्रि, प्रीशक्षक, प्रशिक्षण तथा साउथ एशियामा हाप्किडोको विकासमा सेमिनार फलदायी बनेको दक्षिण एशियाली हाप्किडो महासंघका अध्यक्ष घर्तीले बताए । प्रशिक्षणमा नेपालका ३८ बढी जिल्ला र भारतका प्रशिक्षकहरुको सहभागिता रहेको थियो । विगत १५ वर्षयता नेपालमा हाप्किडोका खेल हुँदै आएकोमा अहिले देशका ६० जिल्लामा यसको बिस्तार भएको छ ।

Blog Post Ad Blog Post Ad