Ad Area

दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी : चर्को घामले रोकेन दर्शकलाई


दाङ, १ चैत । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएकोे दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ मा आउने दर्शकहरू घामको प्रभाव नगरी रमाउने गरेका छन् । दिउँसो चर्को घाममा आएका उनीहरू साँझसम्म नै कलाकारहरूसँगै रमाउने गरेका छन् ।

प्रदर्शनीमा दैनिक नागरिकको सहभागिता बढ्दै गएको मूल आयोजक समितिले जनाएको छ । प्रदर्शनीको पाँचौँ दिन पनि साँझसम्म पनि दर्शकको उल्लेखनीय सहभागिता थियो । प्रदर्शनीमा रहेका पसलहरूमा ग्राहकको भीड नै थियो । पाँचौ दिन पनि प्रदर्शनीमा आएका राष्ट्रिय कलाकारहरू तथा स्थानीय कलाकारहरूलाई नाँचेर साथ दिएका थिए ।

चर्को घामको प्रवाह नगरी नागरिक कलाकारहरू सँगैसँगै रमाएका थिए । दर्शकहरूलाई घामबाट बचाउन टेन्ट र बस्नका लागि दरीको समेत व्यवस्था गरिएको छ । यसले दर्शकलाई बस्न समेत सहजता भएको छ । प्रदर्शनीमा युवायुवतीहरूको सहभागिता बढी नै छ ।

सोमवार कलाकारहरू पशुपति शर्मा, रचना रिमाल, शनी विश्वकर्मा, सुशीला गौतम, रूवीना अधिकारी, दिनेश थापा तथा स्थानीय कलाकारहरूले आ–आप्mनो प्रस्तुती राखेका थिए । मंगलवार चक्र बम, भूमिका गिरी, रिना थापा मगर, रोशन रत्गैयाँ, अर्जुन कौशल, आशा विक, दिनेश थापा तथा स्थानीय कलाकारहरूको समेत प्रस्तुती रहने प्रदर्शनी मूल आयोजक समितिले जनाएको छ ।

प्रदर्शनीमा हेलिकोप्टरबाट स्वर्गद्वारी जाने तथा जिल्लाको अवलोकन गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ । प्रदर्शनीको अवसरका लुम्बिनी तथा कर्णाली प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोलन गर्न पाइने भएको छ । प्रदर्शनीमा बालबालिकाहरू बालउद्यानमा रमाएका थिए ।

संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भर मुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ फागुन २६ गतेदेखि चैत ८ गतेसम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिँगौरामा प्रदर्शनी सञ्चालन भइरहेको छ । प्रदर्शनीमा ५ लाखले अवलोकन गर्ने तथा २० करोड बढीको कारोबार हुने मुख्य आयोजक समितिले जानकारी दिएको छ ।

Blog Post Ad

प्रदर्शनीका दैनिक धार्मिक पूजापाठ तथा अखण्ड दीप प्रज्ज्वलन भइराखेको मूल आयोजक समितिले जनाएको छ । यसैगरेर लोक दोहोरी प्रतियोगिता पनि सञ्चालन भइराखेको छ ।

Blog Post Ad Blog Post Ad