Ad Area

अल्फा तेक्वान्दो डोजाङलाई आठ पदक


दाङ, १ चैत । लुम्विनी प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगितामा घोराहीमा रहेको अल्फा तेक्वान्दो डोजाङका खेलाडीहरुले तीन स्वर्णसहित आठ पदक जितेका छन् ।

१४ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाल तेक्वान्दो संघले राष्ट्रिय टिम निर्माणका लागि आयोजना गरेको प्रदेशस्तरीय छनोट प्रतियोगितामा अल्फा तेक्वान्दो डोजाङबाट सहभागी खेलाडीले तीन स्वर्णसहित आठ पदक जित्न सफल भएका हुन । छनोट प्रतियोगितामा ६३ केजी तौल समूहमा ममता रिजाल, ६७ केजी तौल समूहमा स्नेहा शाह र ८४ केजी तौल समूहमा सुरज भण्डारीले स्वर्ण जितेका हुन ।

त्यसैगरी ४८ केजी तौल समूहमा जस्मिन चौधरीले रजत, ४४ केजी तौल समूहमा बर्षा पुन र ५४ केजी तौल समूहमा बीरेन्द्र डाँगीले रजत पदक जित्न सफल भएको अल्फा तेक्वान्दो डोजाङका प्रशिक्षक सुनिता विष्टले जानकारी दिएकी छिन ।

उनका अनुसार उक्त प्रतियोगितामा खेलाडी ४८ केजी तौल समूहमा कमल खडुका र ४९ केजी तौल समूहमा सरिता केसीले काश्य पदक जित्न सफल भएका छन् । प्रतियोगितामा सहभागी भएका आठै जना खेलाडीहरुले पदक जित्न सफल भएका हुन ।

Blog Post Ad Blog Post Ad