Ad Area

सगरमाथा सिमेन्ट दाङ क्रिकेट लिगलाई रोका परिवारको एक लाख सहयोग


दाङ, १चैत्र । दाङमा हुन थालेको सगरमाथा सिमेन्ट दाङ क्रिकेट लिगलाई रोका परिवारले एक लाख रुपैया सहयोग गरेको छ ।

दाङ जिल्ला क्रिकेट संघको आयोजनामा यहीँ चैत्र १२ गतेदेखि घोराही उपमहानगरपालिका–१७ गुलरिया क्रिकेट मैदानमा हुन थालेको सगरमाथा सिमेन्ट दाङ क्रिकेट लिग–२०७८ को दोश्रो पुरस्कार स्वर्गीय समाजसेवी गणेश रोका मगरको परिवारले प्रदान गरेकोहो ।

घरपरिवारले मंगलवार एक कार्यक्रमकाबिच सहयोग रकम आयोजकलाई हस्तान्तर गरेका हुन । स्वर्गीय गणेश रोका मगरकी श्रीमती कमला रोका र छोराहरु नारायण रोका मगर, गुप्ता रोका मगर, कैलाश रोका मगर र अशोक रोका मगरले दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयालाई रकम हस्तान्तरण गरेका हुन ।

स्वर्गीय समाजसेवी रोका मगर र उहाँको परिवारले २०४३ सालदेखि दाङको क्रिकेट बिकासमा सहयोग गर्दै आएको र दाङको क्रिकेट विकासका लागि नारायण रोका मगर, गुप्ता रोका मगर, कैलाश रोका मगर र अशोक रोका मगरले राष्ट्रियस्तरको विभिन्न प्रतियोगिता खेलिसकेका छन् । कैलाश रोका मगर हाल लुम्बिनी प्रदेशका मुख्य छनोट कर्ता तथा र अशोक रोका मगर दाङ जिल्ला क्रिकेट संघका सल्लाहकारका रुपमा रहेका छन् ।

दाङमा पहिलो पटक ठुलोस्तरको अक्सनमा (खेलाडी किन बेच) आधारित भएर हुन लागेको प्रतियोगितालाई धेरैले चासोको रुपमा लिएका छन।प्रतियोगिताको संरक्षकको रुपमा घोराही उपमहानगरपालिका, प्रमुख प्रायोजक सगरमाथा सिमेन्ट, हस्पिटालिटी पाटनरमा भिंग्रेली भिलेज रिसोट, इन्सोरेस पाटनर शिखर इन्सोरेस, गोल्ड स्पोंसरमा किसान ट्रेडिङ् कन्सर्न–इसुजु रहेका छन् ।

प्रतियोगीतालाई सफल बनाउनका लागि विभिन्न व्यक्तिगत र सस्थागत रुपमा सहयोग संकलन भैरहेको दाङ जिल्ल्ला क्रिकेट संघका सचिव संजु केसीले जानकारी दिएका छन् ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad