Ad Area

प्रदर्शनीको आकर्षण हेली–टुर


दाङ, १ चैत । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भएकोे दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ मा हेलिकप्टरमा नागरिकको आकर्षण बढदै गएकोे छ । हेलिकप्टरमार्फत लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुमा जानेहरु दैनिक बढदै गएका छन् ।

अल्टी च्युट कम्पनीको हेलीकप्टरले प्रदर्शनीको अवसरमा अवलोकन गराउने गरेको छ । सबैभन्दा वढी स्वर्गद्धारी जानेहरुको संख्या बढी रहेको हेलिकप्टर व्यवस्थापक मिनराज भाटले जानकारी दिएका छन् । स्वर्गद्धारी जाने अधिकाश जेष्ठ नागरिक रहेको भाटले बताए । अहिले हेलिकप्टरमार्फत जलजला, स्यार्पु र दाङ उपत्यका तथा रारा जाने गरेका छन् ।

हेलिकप्टरमा घुम्न न्युनतम ६ हजारदेखि अधितक ७५ हजार रहेको छ । हेलिकप्टरवाट घुम्न चैत ५ गतेसम्म पाइने भएको उनले भाटले बताए । हेलिकप्टरमा घुम्नेहरु पहिलो पटक चढनेहरु वढी रहेको उनको भनाइ रहेको छ । अहिलेसम्म २ सय बढी हेलि टुर गरिसकेका छन् । प्रदर्शनीमा दैनिक दर्शकको आषर्कण बढ्दै गएको छ । दिउसो चर्को घाममा आएका उनीहरु साझसम्म नै कलाकारहरुसंगै रमाउने गरेका छन् ।

प्रर्दशनीमा दैनिक नागरिकहरुको सहभागिता बढ्दै गएको मुल आयोजक समितिले जनाएको छ । प्रदर्शनीको छैटो दिन पनि साँझसम्म पनि दर्शकको उल्लेखीय सहभागिता रहेको थियो । प्रदर्शनीमा रहेका पसलहरुमा ग्राहकको भिड रहेको थियो । ग्राहकले आफुलाई आवश्यक पर्ने सामाग्रीहरु खरिद गरेर लग्ने गरेका छन् ।

 

मंगलवार प्रदर्शनीमा आएका राष्ट्रिय कलाकारहरु तथा स्थानीय कलाकारहरुलाइ नाचेर साथ दिएका थिए । चर्को घामको प्रवाह नगरी नागरिकहरु कलाकारहरुसंगसंगै रमाएका थिए । दर्शकहरुलाई घामबाट बचाउन टेन्ट र बस्नका लागि दरीको समेत व्यवस्था गरिएको छ । यसले दर्शकहरुलाइ बस्न समेत सहजता भएको छ । प्रदर्शनीमा युवायुवतीहरुको सहभागिता बढी रहेको थियो । मंगलवार चक्र बम, भुमिका गिरी, रिना थापा मगर, रोशन रत्गैया, अर्जुन कौशल, आशा विक, दिनेश थापा तथा स्थानीय कलाकारहरुले प्रस्तुत राखेका थिए ।

Blog Post Ad

बुधवार रमेशराज भटरार्इ, सम्झना भण्डारी, मिना भण्डारी, रेखा लामा, एलिना रायमाझी, राशी रिजाल तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने प्रदर्शनी मुल आयोजक समितिले जनाएको छ । प्रदर्शनीमा बालवालिकाहरु बाल उद्यान्नमा रमाएका थिए । संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भर मुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही फागुन २६ गतेदेखि चैत ८ गतेसम्म घोराही उपमहानगरपालिका १४ को झिगौरामा प्रदर्शनी सञ्चालन भइरहेको छ ।

प्रदर्शनीमा ५ लाखले अवलोकन गर्ने तथा २० करोड बढीको कारोवार हुने मुख्य आयोजक समितीले जानकारी दिएको छ । प्रदर्शनीका दैनिक धार्मिक पुर्जा, पाठ तथा अखण्ड दिप प्रज्वलन भइ रहेको मुल आयोजक समितिले जनाएको छ । त्यसैगरेर लोक दोहोरी प्रतियोगीता पनि सञ्चालन भइ रहेको छ । त्यसैगरेर खुल्ला कविता प्रतियोगीता समेत आयोजना गरिएको छ ।

Blog Post Ad Blog Post Ad