Ad Area

मालेवासीले खानेपानीको समस्या भोग्न नपर्ने


दाङ, २ चैत । करिव पाँच बर्ष स्थानीय तहको निर्वाचन हुँदा वडाध्यक्षका उमेदवार राममणि पाण्डेले आफ्नो कार्यकालमा जसरी पनि पानी पुराउने बाचा गरे । घोराही उपमहानगरपालिकाको वडा नंं १ माले विकट बस्तीका रुपमा रहेको छ । जहाँ पानी पुराउने सपना पुरा भएको छ ।

वडा नं. १ को सल्लीकोट मालेमा खानेपानीको अभाव थियो । मालेबासीलाई पानीको व्यवस्थापन गर्न मुस्किल थियो । दैनिक रुपमा चाहिने पानीका लागि उनिहरु करिव डेढ घण्टाको वाटो हिडेर डाँगीचिरा पुग्नुपर्ने बाध्यता थियो । बाटो नहुँदा भन्दा पानी नहुँदा स्थानीयलाई पिरोलिरहेको थियो । आफूले खानुप¥यो । बस्तुभाउलाई खुवाउनु प¥यो । सिचाईका लागि पानी त टाढाको कुरा । खानेपानीको निकै अभाव थियो । पानीको अभावमा चर्पी प्रयोग भएका थिएनन् । पानीका कारणले भोगेका समस्या त कति छन कति । तर त्यो समस्याको समाधान भएको छ । सोलार मोटरवाट पानी लिफ्ट गरी गाउँमा पानी पु¥याइएपछि पहिलेका दुःख विर्सने अवस्था आएको छ ।

घोराही उपमहानगरपालिका १ नम्बर वडा कार्यालयको तीन लाख रुपैँयाको बजेटमा घर–घरमा खानेपानी पु¥याइएको हो । उपभोक्ता समितिले बजेट पाएपछि खानेपानीको समस्या समाधान गरेका छन् । तीन एचपीको मोटर राखेर करिव १३ मिटर माथि पानी उकालेर खोपानीको व्यवस्थापन गर्न सकिएको घोराही १५ स्थित ज्योति इनर्जी ट्रेडर्सका संचालक भरतमणि अधिकारीले जानकारी दिए । यसवाट तल्लो र माथिल्लो मालेका करिव ४५ घरधुरी लाभान्बित भएका छन् । पहिले त्यहाँ जाँदा पानीको हाहाकार भएपनि पानी पाएपछि भने गाउँलेहरु खुसी भएको उनको भनाई छ ।

यो भन्दा पहिले पानीको व्यवस्थापन नगरिएको होइन् । हालको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पहिले जिल्ला खानेपानी हुँदा सोलारवाटै गाउँमा पानी लगिएको थियो । करिव पाँच बर्ष अगाडी खानेपानीको व्यवस्था गरिएको थियो । तर करिव डेढ बर्ष अगाडी मोटर विग्रदा मालेवासीलाई खानेपानीको समस्या भएको हो । अहिले फेरी डिसी मोटर जडान गर्दा पानीको समस्या समाधान गर्न सकिएको हो ।

सोलर लिफ्टका माध्यमवाट पानी आएपछि खुसी लागेको स्थानीयले बताएका छन् । पानी नहुँदा घण्टौ हिडेर खानेपानीको जोहो गर्नुपरेको थियो, तर अहिले घर आगनमै पानी आएको छ”स्थानीय गिरा तिवारीले भनिन् । गाउँमा पानीको सुविधा भएपछि अव पानीकै लागि भनेर समय छट्याउनुपर्ने छैन् । गाउँमा सरसफाई कपडा धुन नुहाउनलाई सहज हुने उनको भनाई छ ।

यस्तै घोराही उपमहानगरपालिका वडा नं. १ को अदुवाबारीमा सोलार लिफ्ट योजनाको काम सम्पन्न भएको छ । सिचाइ सुविधा पु¥याउनका लागि वडाले योजना कार्यान्वयन गरेको हो । ट्याङकी र पाइप लगाएतका बाहेक साढे चार खाख रुपैँयाको १२ वाटको सोलार सिष्टम जडान गरिएको छ । ज्योती इनर्जी ट्रेडर्सले सोलार सिष्टम जडान गरि सिचाइँ पानी खेतवारी सम्म पु¥याएको हो ।

Blog Post Ad

गत बर्ष ट्यांकी निर्माणको काम सम्पन्न भएको थियो । भने यसवर्ष पानीको व्यवस्थापन गरिएको छ । सिचाइँ सुविधा संगै त्यहाँको कृषि वालीको उत्पादन बढ्ने नागरिकको अपेक्षा छ । पहिले सिचाइँ पानीको अभावमा वारीहरु सुख्खा हुने गर्दथे । सिचाइँको लागि पानीको व्यवस्थापन गरेपछि भने त्यहाँका कृषकहरुले कृषि उत्पादन तर्फ लागेका छन् । पानी पाएपछि खुसी लागेको स्थानीय कृषकहरु बताउछन् ।

घोराही उपमहानगरपालिका वडा नंं १ का अध्यक्ष राममणि पाण्डेले हरेक नागरिकलाई स्वच्छ पानी खुवाउनका लागि आफूले माले र अदुवाबारीमा पानीका लागि लिफ्टको योजना ल्याएको बताए । पानीका लागि अन्य उपाय केही नभएपछि सोलारबाट पानी तान्ने व्यवस्था मिलाइएको उनले बताए । पहाडी क्षेत्रमा पानीको व्यवस्थापन गर्न गाह्रो हुने भएकाले सोलारको प्रयोग गरेर पानी तान्ने व्यवस्था मिलाइएको हो । वडाका सवै नागरिकलाई स्वच्छ र स्वस्थ पानी पुराउने अभियान चलिरहेको पनि पाण्डेले बताए ।

 

Blog Post Ad Blog Post Ad