Ad Area

प्रथम अल्फा दाङ जिल्लास्तरिय तेक्वान्दो प्रतियोगिता हुने


दाङ,३ चैत । दाङको घोराहीमा प्रथम अल्फा दाङ जिल्लास्तरिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । अल्फा तेक्वान्दो डोजाङ घोराहीको आयोजनामा यहि चैत्र १८ र १९ गते घोराहीमा जिल्ला स्तरिय प्रतियोगिता हुन थालेको हो ।

आयोजक अल्फा तेक्वान्दो डोजाङले प्रतियोगितामा सहभागीतका लागि सम्पूर्ण जिल्लाका डोजाङ तथा स्कुलहरुलाई आग्रह गरेको छ । प्रतियोगितामा महिला खेलाडीहरुले जुनियरतर्फ २४ केजी तौल समूहदेखि ४९ केजी तौल समूहसम्म र जुनियर पुरुषतर्फ २४ केजी तौल समूहदेखि ५१ केजी तौल समूहसम्म प्रतिष्पर्धा गर्ने भएका छन् ।

त्यसैगरी महिला सिनियरतर्फ ५१ केजी तौल समूहदेखि ५७ केजी तौल समूहसम्म र पुरुष सिनियरतर्फ ५१ केजी तौल समूहदेखि ६२ केजी तौल समूहसम्म खेलाडीहरुले प्रतिष्पर्धा गर्न पाउने भएको अल्फा तेक्वान्दो डोजाङ घोराहीकी प्रशिक्षक एव खेलाडी सुनिता विष्टले जानकारी दिएकी छिन् ।

उनका अनुसार प्रतियोगीताको तयारीलाई तीव्र पारिएको छ । प्रतियोगिताले जिल्लामा तेक्वान्दो खेलको विकाससँगै खेलाडीको क्षमता विकास र गुणस्तर सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

Blog Post Ad Blog Post Ad