Ad Area

बीरेन्द्र मावि हेकुलीले चुम्यो रनिङ शिल्डको उपाधी


लक्ष्मण बस्नेत
तुलसीपुर,३ चैत । दंगीशरण गाउँपालिका अन्तर विद्यालयस्तरिय चौथो राष्ट्र«पति रनिङ शिल्ड प्रतियोगिता २०७८ को उपाधी बीरेन्द्र मावि हेकुलीले जितेको छ । दंगीशरण गाउँपालिकाको आयोजना तथा बीरेन्द्र माबी हेकुलीको संयोजनमा बिहीवार सम्पन्न प्रतियोगितामा साविक बिजेता बिरेन्द्र माबीले ११ स्वर्ण, ६ रजत र ५ काश्य पदकका साथ उपाधी जितेको हो ।

उपाधीसंगै उसले नगद २० हजार हात पारेको छ । त्यस्तै सिद्धपृथ्वी माबी श्रीगाँउ ९ स्वर्ण, ७ रजत र ४ काश्य पदकका साथ दोस्रो भएको छ । उसले नगद १५ हजार पा¥यो । त्यस्तै ज्ञानोदय ईङ्लिस बोर्डिङ स्कुल सरुवाडाडा ५ स्वर्ण, ४ रजत र ७ काश्य पदकका साथ तृतीय भएको उसले नगद १० हजार हात पा¥यो । त्यस्तै माबी धपुरले ३ स्वर्ण, ५ रजत र ५ काश्य पदकका साथ सान्त्वना स्थान प्राप्त ग¥यो ।

तीन दिनसम्म संचालित प्रतियोगितामा एथलेटिक्सतर्फका ट्रयाक एण्ड फिल्डका १३ ईभेन्ट्स र भलिबल, कबडी छात्रा÷छात्रमा कडा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा पालिकाका निजी तथा सामुदायीक गरि ८ बिद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिताको समापन समारोह दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरीको अध्यक्षतामा भएको थियो ।

त्यस अबसरमा बिजेता बिद्यालय र खेलाडी तथा उत्कृष्ट खेल प्रदर्शन गर्ने एथलेटिक्स छात्रातर्फ बिरेन्द्र माबी हेकुलीका सुचना चौधरी, छात्रतर्फ सिद्धपृथ्वी माबी श्रीगाउका शिवम् यरि, त्यस्तै कबडी छात्रातर्फ बीरेन्द्र माबीका प्रतिमा श्रेष्ठ, छात्रतर्फ भानु माबी प्रसडुवाका ईन्द्र राना र भलिबल छात्रा तर्फ सिद्धपृथ्वी माबी श्रीगाउका सुनिता डागी, छात्रतर्फ सिद्धपृथ्वीकै सुदीप नेपालीलाई गाउँपालिका अध्यक्ष भागीराम चौधरी, उपाध्यक्ष पिमा वली खड्का, कार्यकारी अधिकृत खिमबहादुर खड्का, प्राबिधिक सहायक उमा केसीलगाएतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रमको संचालन दंगीशरण गाउँपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख बिनोद अधिकारीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad