Ad Area

क्यान्सर पीडित श्रीमानकाे जीवन बचाई दिन अार्थिक सहयाेगकाे याचना


घाेराही, ४ चैत्र । आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि घाेराहीकी भागीरथी पुनले अाफ्नाे श्रीमानकाे उपचारका लागि अार्थिक सहयाेगकाे याचना गरेकी छिन् ।

सामान्य ज्याला मजदुरी गरि परिवार पाल्दै अाएका घाेराही उपमहानगरपालिका वडा नम्बर १८ अखबरेका ४६ वर्षीय धन प्रताप पुन अाफै बिरामी हुँदा अार्थिक संकट चुलिएपछि उनकी श्रीमती भागीरथी सहयाेगका याचना गर्न विवश भएकी हुन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदै काेहलपुरबाट भरतपुर चितवन पुर्याईएका धन प्रतापलाई क्यान्सर पुष्टि भएपछि उपचारमा समस्या भयाे ।‘धन प्रतापकाे देब्रे गाला मुनि सामान्य पिलाे जस्ताे भएपछि उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएकोमा उपचार सम्भव नभएपछि नेपालगन्ज मेडिकल कलेज काेेहलपुर लगेकाेमा त्यहाँबाट पनि थप उपचारका चितवन लगियाे, त्यहाँ क्यान्सर भएको थाहा भयाे, भागीरथीले भनिन् ‘अाफुसँग अलि अलि भएको पैसा पनि सबै सकियाे, उपचार अझै भईसकेकाे छैन।’

धन प्रतापकाे उपचारमा घरमा रहेकाे दुई लाख पचास हजार सकिएको छ । मुख्य अपरेशन गर्न बाँकी छ ।‘किमाे थेरापी गर्दा पैसा लाग्छ, घरबास भन्दा हामीसँग केही छैन,’ भागीरथीले भनिन् मेराे श्रीमानकाे जीवन रक्षाका लागि सहयाेग गरिदिनुस्।’

‘उपचार गर्दा गर्दै आफुुसँग भएको सबै पैसा सकिएको र घरमा आम्दानीको कुनै श्रोत नभएकाले श्रीमानको उपचारमा निकै समस्या परेको हुँदा यहाँहरुको सानो सहयोगले मेराे छोरीको जीवन बाँच्ने थियो भन्ने आशा गरेको छुु,’ श्रीमती भागीरथीले भनिन् । सहयोग गर्न चाहनुहुने महानुुभावहरुले मोबाईल नम्बर ९८६९५९००१६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

यस्तै, नेपाल बंगलादेश बैंक घोराही शाखामा भागीरथीकाे नाममा रहेको खाता नम्बर ०३२०००४२१ c मा देश तथा विदेशमा रहेका महानुभावले आर्थिक सहयोग सकिने बताइएको छ । क्यान्सर रोगसँग जीवन मृत्युको संघर्ष गरिरहेका धन प्रतापकाे उपचारमा लाखाैँ रुपैयाँ लाग्ने भएपछि परिवार चिन्तामा छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad