कांग्रेस घोराही–१४ ले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने
दाङ,२१ असोज । नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं. १४ वडा समितिले बिजया दशमी, दिपावली तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।
नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं. १४ वडा समितिका सभापति टेकबहादुर बिसीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालीहरुको महान चाड बिजया दशमी, दिपावली तथा छठ पर्वका अवसर पारेर यहि असोज २४ गते शुभकामना आदानप्रदान कार्यक्रम गर्न थालेको जानकारी दिएका छन् । उनका अनुसार कार्यक्रम आइतवार दिउँसो १२ बजे घोराहीमा रहेको दाङ जिल्ला उद्योग बाणिज्य संघको सभाहलमा हुने भएको छ ।
शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थीतिका लागि कांग्रेस घोराही–१४ वडा समितिले क्रियाशिल सदस्यहरु, वडा कार्यसमिति, क्षेत्रीय प्रतिनिधि, महाधिवेशन सदस्य, महासमिति सदस्य, नगर कार्यसमिति, नेपाली कांग्रेस क्षेत्रीय सभापतिहरु, कार्यसमितिहरु सदस्य, जिल्ला सदस्यहरु, भातृ तथा शुभेच्छुक संघ सस्थालगायत सम्पूर्ण नेपाली कांग्रेसप्रति आस्थावानहरुमा उपस्थीतिका लागि हार्दिक अनुरोध गरेको छ । कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस दाङका जिल्ला सभापति किर्तीबहादुर खड्का रहने भएका छन् ।