Ad Area

वडा सदस्य रोकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग


घोराही, ६ चैत । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएका घोराही उपमहानगरपालिका वडा नं १९ लिथान निवासी कुलबहादुर सार्कीको परिवारलाई समाजसेवी तथा घोराही–१९ का वडा सदस्य जंग रोकाले २० हजार पाँच सय सहयोग गरेका छन्।

वडा सदस्य भएको नाताले आफुलाई आउँने सेवालाई मृतकको काजक्रियामा केही भए पनि सहयोग पुगोस भनि रकम सहयोग गरिएको उनले बताउ । विगत एक महिना पहिलेदेखि कालो जन्डिजका कारण प्रतिष्ठानमा उपचार गर्दै आएका सार्कीको परिवारको आर्थिक अवस्था कमजोर भएको भन्दै सहयोगको अभियान समेत सन्चालन गरेको बताए ।

परिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोग अभियान शुरु गरेको बताउँदै उनले भने ‘‘उपचारको लागि सहयोग रकम उठ्दै थियो, तर उहाँलाई बचाउन सकेनौं ।’ सहयोग अभियानमा देश विदेशबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिदै उठेको रकम मृतकको परिवारलाई हस्तान्तरण गरेका थिए ।

सहयोग अभियानमा अर्जुन पन्थीले ३ हजार ५५, विक्रम केसि ३ हजार पाँच सय ५५, बालाराम कुवर ६ हजार ९६ (घोराही १८ हाल कतार), गोविन्द घर्ति २ हजार पाँच, टुकमान थापा २ हजार ७ सय ४० (बंगालाचुली २ हाल कतार),सिता रोका ३ हजार ५५, जगत जिएम ११ सय पाँच, सागर गिरी १५ सय ५५, कासी पुन १ हजार ५५, महेन्द्र घर्ति १५ सय पाँच, मान बहादुर सुनार ११ सय ५५, निराजन मगर (धौलाबाङ रोल्पा) १ हजार पाँच, एच पि वली एक हजार (बंगालाचुली हाल कोरिया), नवराज कुवर एक हजार, टुकमान घर्ति पाँच सय, जगत घर्ति २२ सय, सुदिप सुनार १५ सय, कुमार पुन १ हजार पाँच, भीम बहादुर घर्ति ११ सय, हिमाल रोका २४ सय, धन बहादुर विष्ट १२ सय, निम बहादुर घर्ति पाँचसय पाँच, केशवराज बुढा ५ सय पाँच र रोकाको २० हजार पाँचसय गरि जम्मा ६२ हजार ८ सय ६ रुपैँया रकम उठेको थियो ।

उठेको रकमबाट खाद्यान्न, लत्ताकपडा लगायत मृतकको काजक्रियामा आवश्यक सामान जुटाइएको वडा सदस्य रोकाले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad