Ad Area

सहकारीले चिनिएकी भोजकुमारी


पार्वती बस्नेत

दाङ, ८ चैत । ‘जिन्दगीमा गाउँ समाजले मेरो कामको सही मूल्याङ्कन गरोस्, महिलाहरूको उत्थान र परिवर्तनका लागि सकेको काम गरेको छु । बाँकी कुरा त कर्म गर्दै जाने हो ।’ यो भनाइ हो त्रिवेणी गाउँपालिका वडा नं. १ काभ्रा निबासी भोजकुमारी बुढाथोकीको । बुढाथोकी दुर्गाभवानी सामाजिक उद्यमी महिला सहकारी संस्था लिको संस्थापक अध्यक्ष हुन् ।

२०६८सालमा स्थापना भएको सहकारीको संस्थापक अध्यक्ष भएर आजसम्म काम गरिरहँदा बुढाथोकीले अनेकौँ बाधा, अड्चन र समस्याहरूसँग जुध्नु परेको छ । पाखापानी सामुदायिक वनबाट सामाजिक कार्यको थालनी गरेकी बुढाथोकीले विस्तारै रेडक्रस, जेटी–जेट पार्सालगायतका संस्थामा रहेर सामाजिक काम गरेको अनुभव छ ।

विसं २०६५ सालमा नेपाल रेडक्रस सोसाइटी संस्थाले महिलाहरूलाई सशक्तिकरण गर्नका लागि पुरूषहरू बस्न नपाउने गरी महिलाहरूको मात्रै समूह गठन गरेको थियो । त्यही समूहमै विसं २०६७ सालमा हेफर इण्टरनेशनल नेपालको आर्थिक सहयोगमा मध्यपश्चिम युवा मिलन केन्द्र नेपाल सल्यानको साझेदारीमा परियोजनाको सुरुआत भएको हो ।

समूहमा परियोजनामार्फत् पाएका विभिन्न किसिमका तालिमहरूले भोजकुमारी बुढाथोकीलाई केही सिक्ने र निखारता ल्याउने काम ग¥यो । बुढाथोकीले तालिमबाट आफूले सिकेका कुराहरू समुदायका दिदीबहिनीहरूलाई सिकाउन पाए हुने भन्ने एक किसिमको मनमा रहर र हुटहुटी चलि नै रह्यो । परिणाम बुढाथोकीले हरेक कामहरूमा आफू नै नेतृत्व तहमा अगाडि सरेर कामको जिम्मा समेत लिइन् । घरको सम्पूर्ण काम–काज मिलाएर समुदाय रूपान्तरणका लागि समय निकाल्ने गरेको उनको भनाइ छ ।

कलिलै उमेरमा विवाह बन्धनमा बाँधिएकी बुढाथोकीलाई सुरुका दिनहरूमा काममा निस्कँदा सामाजिक काम कसरी गर्ने ? के गर्ने, कसरी बोल्ने ? समुदायले पत्याएन भने के गर्ने जस्ता कुराले सधैँ पिरोल्थ्यो तर काम गर्दै जाँदा बुढाथोकीलाई समुदायले पत्यायो, महिला दिदीबहिनीहरू आर्थिक रूपमा बलियो हुनुपर्छ अनि मात्र समाज परिवर्तन हुन्छ भन्ने कुरा सिकायो ।

Blog Post Ad

तसर्थ, हेफरको पहिलो परियोजना सकिँदै गर्दा सहकारी दर्ता भयो र उक्त दुर्गा भवानी सामाजिक उद्यमी महिला सहकारी संस्था लिको अध्यक्षमा भोजकुमारी बुढाथोकी चयन भइन् र फेरि पनि ग्रामीण महिला उत्थान केन्द्र दाङ र हेफर इण्टरनेशनल नेपालको साझेदारीमा सुरु भएको परियोजनामार्फत् सहकारीलाई सहयोग गर्न थाल्यो ।

परियोजनामार्फत् सहकारीमा सुरु भएको यो कार्यक्रमले काभ्रामा उत्पादन भएका खसी–बोका, रासायनिक मल, दाना तथा स्थानीय उत्पादनलगायतका सामानको बजारीकरणको सुरुवात गरेको छ । पहिलो पटक तौलेर खसी–बोका विक्री गर्न थालेपछि त्रिवेणी गाउँपालिका तथा काभ्रामा एक किसिमको तहल्का नै मच्चिएको छ ।

किसानहरूले आप्mनो वस्तुभाउको उचित मूल्य पाउन थालेपछि अहिले व्यावसायिक रूपमा बाख्रा उत्पादन गर्ने किसानहरूको वृद्धि हुन थालेको छ । सहकारीको पुँजी नै झण्डै करोड पुगेको छ । सहकारीलाई खसी–बोका विक्री गर्ने सहकारी भनेर चिन्न थालेका छन् । ४३ वर्ष पुगेकी बुढाथोकीको १ छोरा अष्ट्रेलिया छन् भने छोरीले काठमाडौंमा बसेर एमबिबिएस पढ्नका लागि तयारी गर्दै छिन् ।

घरमा वृद्ध एक सासु आमा अनि राजनीतिसँगै आप्mनो व्यापार खेतीकिसानी गर्ने सहयोगी श्रीमान् छन् । गत वर्ष मात्रै बुढाथोकीले काभ्रा स्कूलबाटै एसइई परीक्षा पास गरेकी हुन् । त्रिवेणी गाउँपालिका काभ्रा १ र २ मात्रै कार्यक्षेत्र रहेको सहकारीलाई नजिकै जोडिएको कालीमाटी गाउँपालिकामा मिसाउने धोको उनको छ ।

Blog Post Ad Blog Post Ad