Ad Area

घोराही नगर विकासका पूर्व अध्यक्ष पुन एमालेमा प्रवेश


दाङ ८ चैत । घोराही नगर विकास समितिका पुर्व अध्यक्ष बुद्धिराम पुन (प्रमोद) नेकपा एमालेमा प्रवेश गरेका छन् । पुन माओवादीका पुर्व छापामार समेत हुन । वटालीयन सहायक कमाण्डर भएर पुनले युद्धकालमा धेरै मोर्चामा सहभागि भएका थिए । पुनलाई नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीले पार्टीमा स्वागत गरेका हुन ।

मगलवार पुन सहित शिवराज कवर माओवादी पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका हुन । लामो समयमा पार्टीमा काम गरेपनि आफुहरुको मुल्याकन नभएको पुनले वताए । ‘ धेरै युद्ध लडियो तर पार्टीले मुंल्याकन नै गरेन । पार्टी भित्र हामीलाई विभेद नै गर्ने काम भयो । त्यो भएर पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेको छु’ उनले भने ।

प्रवेश गरेका पुन र कवर दुवै बंगलाचुली गाउँपालिका वडा न १ निवासी हुन । यस अघि नेकपा माओवादी केन्द्र बंगलाचुली गाउँपालिका वडा न ६ का वडा कमिटि अध्यक्ष नारायण वलीको टिम नेकपा एमालेमा प्रवेश गरेको थियो । वडा कमिटि अध्यक्ष वलीसहित ३७ जना माओवादी पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका थिए ।

२०७४ सालको स्थानीयतहको चुनावमा माओवादी पार्टीले बंगलाचुली गाउँपालिका जितेको थियो । तर अहिले सो पालिकामा समेत माओवादीको जनाधार कमजोर बन्दै गएको छ । माओवादी छोडेर एमालेका प्रवेश गर्नेको लहर नै चलेको एमाले दाङका सचिव बुढाथोकीले बताए ।

पार्टी प्रवेश कार्यक्रममा एमाले सचिव बुढाथोकीसहित एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य अरुण कुमार शर्मा, भेषराज खत्री, नेकपा एमाले दाङका स्कुल विभाग प्रमुख विवेक श्रेष्ठ, घोराही नगर इन्चार्ज गेहन्द्र बस्नेत, जिल्ला कमिटि सदस्य भानसिंह बुढा, बंगलचुली गाउँपालिका पार्टी अध्यक्ष पुष्पराज भण्डारी र गिरबहादुर कवर लगायतका नेताहरुको सहभागिता थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad