Ad Area

दलितले पाएको उपलब्धिलाई संस्थागत गर्न आवश्यक


दाङ, ८ चैत । ५७औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा राष्ट्रिय दलित पत्रकार संघ दाङले सञ्चार, न्याय, सामाजिक तथा आर्थिक विकासमा दलित समुदायको अवस्था विषयक अन्तत्र्रिmया कार्यक्रम सम्मन्न भएको छ ।

संघका अध्यक्ष बसन्त परियारको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यता एवं घोराही उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भीमबहादुर सार्कीको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमका जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले पाएको उपलब्धिलाई संस्थागत गर्न थप योजना बनाउन जरुरी रहेको बताए ।

वर्गीय समस्याले समाजमा विद्यमान विभेद चिर्न समतामूलक समाजको यात्रामा अघि बढ्नुपर्नेमा जोड समेत दिए । उनले दलितभित्रको विभेद हटाउनसमेत दलित समुदाय जागरुक हुनुपर्ने बताए । वर्गीय रुपले दलित समुदायलाई माथि उठाउन गैर दलितले कति भूमिका खेले भन्ने महत्वपूर्ण पाटो भएको भन्दै आरक्षणले मात्रै नपुग्ने दलित समुदायलाई विशेषाधिकार दिनुपर्ने प्रमुख नेपालीले बताए ।

कार्यक्रममा भीमबहादुर सार्कीले अब दलित समुदाय जातभन्दा माथि उठ्नुपर्ने बताए । प्रेस काउन्सिल नेपाल सदस्य शरद अधिकारीले विभेदजन्य काम बिस्तारै हट्दै गएको भन्दै जातीय भन्दा पनि वर्गीय विभेद बढ्न थालेको बताए । ५ प्रतिशत मानिससँग ९५ प्रतिशत मानिस बराबर सम्पत्ति भएको भन्दै अहिले वर्गीय विभेद बढेको बढेको बताए ।

नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धरा गौतमले राज्यमा सबैको पहुँच बढाउन संवैधानिक आयोग गठन भएको बताइन् । अब सोच बदल्नुपर्ने भन्दै आरक्षणमा निम्न आय भएका दलितलाई प्राथमिकता दिनुपर्ने विचार राखिन् ।

कार्यक्रममा जाल्पा सामुदायिक लघुवित्त लुम्बिनी प्रदेश प्रमुख पवन योगी, कानुन व्यवसायी गोपाल नेपाली, भूमि अधिकार मञ्च दाङका अध्यक्ष देउमन दमाई, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनलगायतले दलित र गैरदलितबीचको विभेद अन्त्य गर्न शिक्षा र चेतनाको विकासमा सबैले नेतृत्वदायी भूमिका खेल्न आवश्यक रहेको बताए ।

Blog Post Ad

वरिष्ठ उपाध्यक्ष गिरिराज नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव अर्जुन परियारले गरेका थिए ।

Blog Post Ad Blog Post Ad