Ad Area

प्रदेशस्तरीय लोकदोहरी प्रतियोगीतामा दाङ उवासंघ प्रथम


दाङ, ८ चैत । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भइरहेकोे दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ मा आयोजना गरिएको लुम्विनी प्रदेशस्तरीय लोकदोहोरी प्रतियोगीतामा आयोजक दाङ जिल्ला उद्योग बाणिज्य संघको टिम प्रथम भएको छ । प्रतियोगीतामा तुलसीपुर उद्योग वाणिज्य संघको टिम द्धितिय, ठाकुर बाबा उद्योग वाणिज्य संघ बर्दियाको टिम तृतीय र कपिलवस्तु उद्योग वाणिज्य संघको टिम सानात्वना भएका छन् ।

प्रतियोगीमा विजेताहरुलाई नगद तथा प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगीतामा १० वटा टिम सहभागि भएका थिए । प्रतियोगीताका निर्णायकहरुमा प्रेम शर्मा, मञ्जु आचार्य, भरतमणि पौडेल, कमला लम्साल भारती, सन्दीप न्यौपाने रहेका थिए । प्रदर्शनीमा दैनिक दर्शकको आषर्कण बढ्दै गएको छ । प्रदर्शनीको १३ औ दिन पनि साँझसम्म दर्शकको उल्लेखीय सहभागिता छ । प्रदर्शनीमा रहेका पसलहरुमा ग्राहकको भिड रहेको थियो ।

ग्राहकले आफुलाई आवश्यक पर्ने सामाग्रीहरु खरिद गरेर लग्ने गरेका छन् । प्रदर्शनीमा आएका राष्ट्रिय कलाकारहरु तथा स्थानीय कलाकारहरुलाई नाचेर साथ दिएका थिए । मंगवार प्रिती आले, कृष्ण काफले मिस्टर आर जे, सगुन थापा, शर्मिला अर्याल तथा अन्य कलाकारहरुले प्रस्तुती राखेका थिए । बुधवार इन्दिरा जोसी, प्रकाश दुतराज, चन्दा अर्याल, नारायणी केसीलगाएतले प्रस्तुती राख्ने मुख्य आयोजक समितिले जनाएको छ ।

प्रदर्शनीमा बालवालिकाहरु बाल उद्यान्नमा रमाउने गरेका छन् । संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही फागुन २६ गतेदेखि चैत ९ गतेसम्म घोराही उपमहानगरपालिका वडा नं. १४ को झिगौरामा प्रदर्शनी सञ्चालन भइ रहेको छ । प्रदर्शनीमा ५ लाखले अवलोकन गर्ने तथा २० करोड बढीको कारोवार हुने मुख्य आयोजक समितीले जानकारी दिएको छ ।

प्रदर्शनीको बुधवार समापन गरिने

दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भइरहेकोे दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ मा आज वुधवार समापन गरिन थालेको छ । एक कार्यक्रमको आयोजना गरि समापन गरिने भएको छ । समापन कार्यक्रम विहान ११ वजे हुने मुख्य आयोजक समितीले जनाएको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad