Ad Area

बागमती प्रदेश बन्यो हाप्किडोको राष्ट्रिय च्याम्पियन


दाङ,८ चैत । बागमती प्रदेश पाँचौ राष्ट्रिय हाप्किडो प्रतियोगितामा च्याम्पियनसिप बनेको छ । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ प्युठान जिल्लाको आयोजना तथा माण्डवी गाउँपालिका प्युठानको सहयोगामा जसपुरमा भएको प्रतियोगितामा बागमतीले ५ स्वर्ण, १ रजत र ३ काश्य पदक जित्दै च्याम्पियनसिप बनेको हो ।

प्रतियोगितामा ४ स्वर्ण, ८ रजत र १४ काश्य पदक जित्दै लुम्बिनी प्रदेश दोस्रो भएको छ भने ३ स्वर्ण र २ काश्यसहित कर्णाली प्रदेश तेस्रो बन्न सफल भएको छ । महिला फाइटतर्फको २० किलो तौल समूहमा लुम्बिनी प्रदेशकी पूर्णिमा पुनमगर पहिलो भएकी छिन् । त्यसैगरी लुम्बिनीकै स्वर्णीका विसी दोस्रो, प्रदेश नं. १ की ग्रीष्म चौधरी तेश्रो र सुदुरपश्चिमकी रितु चौधरी चौथो भइन ।

२५ किलो तौल समूहमा लुम्बिनी प्रदेशकी आचल बुढामगर पहिलो, प्रदेश नं. १ की स्मृति घर्तीमगर दोस्रो, कर्णालीकी अन्जली जिसी तेश्रो र सुदुरपश्चिमकी सन्ध्या घर्तीमगर चौथो हुन सफल भइन । ३० केजी तौल समूहमा बाग्मती प्रदेशकी सन्चिता केसी पहिलो, लुम्बिनी प्रदेशकी बिपना पुनमगर दोस्रो, लुम्बिनीकै सरला केसी तेस्रो र अपेक्षा रोकामगर चौथो, ३५ केजी तौल समूहमा कर्णाली प्रदेशकी पुजा चौधरी पहिलो, कर्णालीकै आशिका बिक र बिनिशा एलजी क्रमश दोश्रो र तेस्रो भइन भने लुम्बिनी प्रदेशकी कविता शर्मा चौथो भइन ।

४० केजी तौल समूहमा सुदुरपश्चिमकी निक्कु विश्वकर्मा पहिलो, प्रदेश नं. १ की अस्मिता महरा दोस्रो, लुम्बिनीकी सबिता बिक तेस्रो र सुदुरपश्चिमकी कृति केसी चौथो, ४५ केजी तौल समूहमा लुम्बिनीकी चाँदनी खत्री पहिलो, गण्डकीकी अन्जली केसी दोस्रो, गण्डकीकै अन्जली पुनमगर तेस्रो र लुम्बिनीकी वर्षा थापामगर चौथो, ५० केजी तौल समूहमा कर्णालीकी शान्ति पौडेल पहिलो, गण्डकीकी सिर्जना बुढा दोस्रो, प्रदेश नं. १ की रीता सुनार तेस्रो र लुम्बिनीकी बसन्ती ठेडीमगर चौथो भइन ।

५५ केजी तौल समूहमा बागमतीकी रन्जिता गुरुङ पहिलो, गण्डकीकी रूपा बुढामगर दोस्रो, सुदुरपश्चिमकी कल्पना खड्का तेस्रो र लुम्बिनी प्रदेशकी भीमा राना चौथो, ६० केजी तौल समूहमा प्रदेश नं. १ की नवीना श्रेस्ठ पहिलो, लुम्बिनीकी बिनिता बुढामगर दोस्रो, बागमतीकी अनुष्का शिवभक्ति तेस्रो र गंगा घर्तीमगर चौथो हुन सफल भएको आयोजकले जानकारी दिएको छ ।

पुरुष फाइटतर्फ २० केजी तौल समूहमा सुदुरपश्चिमका भेषराज भण्डारी पहिलो, लुम्बिनीका रेशम गौरे दोस्रो, गण्डकीका क्षितिज पुनमगर तेश्रो र प्रदेश नं. १ का निशान गिरी चौथो, २५ केजी तौल समूहमा प्रदेश नं. १ का अनुश महरा पहिलो, सुदुरपश्चिमका कमल भण्डारी दोस्रो, गण्डकी प्रदेशका बिमल घर्तीमगर तेस्रो र लुम्बिनीका अनिश सुनार चौथो, ३० केजी तौल समूहमा प्रदेश नं. १ का अर्पण नेपाली पहिलो, सुदुरपश्चिम प्रदेशका विकास रावत दोश्रो, लुम्बिनीका प्रवीण नेपाली तेस्रो र लुम्बिनीकै निश्चल खड्का चौथो भए ।

३५ केजी तौल समूहमा मधेश प्रदेशका बिजेस थापामगर पहिलो, सुदुरपश्चिमका शुभम भुसाल दोस्रो, प्रदेश नं. १ का सन्देश रावत तेस्रो र गण्डकी प्रदेशका समीर गिरी चौथो, ४० केजी तौल समूहमा बागमती प्रदेशका अमृत गुरुङ पहिलो, लुम्बिनी प्रदेशका कृष्ण नेपाली दोस्रो, मधेशका २ का नवीन बिक तेस्रो र सुदुरपश्चिमका राजन शर्मा चौथो भएका छन् । ४५ केजी तौल समूहमा बागमतीका सुरेन्द्र गुरुङ पहिलो, लुम्बिनीका इशु घर्तीमगर दोस्रो, सुदुरपश्चिमका कृष्ण डिसी तेस्रो र नेपाल पुलिस स्कुलका अजय न्यौपाने चौथो भएका छन् ।

५० केजी तौल समूहमा बागमती प्रदेशका दिनेश गुरुङ पहिलो, गण्डकीका महेश गुरुङ दोस्रो, प्रदेश नं. १ का शिशिर चौधरी तेस्रो र लुम्बिनीका सुरज विश्वकर्मा चौथो, ५५ केजी तौल समूहमा मधेशका गणेश केसी पहिलो, बाग्मतीका समीर गुरुङ दोस्रो, लुम्बिनीका क्रमश विवश घर्तीमगर तेस्रो र लालमोहन गुरुङ चौथो, ६० केजी तौल समूहमा नेपाल पुलिस स्कुलका गुमान घर्तीमगर पहिलो, नेपाल पुलिस स्कुलका सिर्जन केसी दोस्रो, मधेशका सुरेश परियार तेस्रो र बागमतीका आशीष तामाङ चौथो, ६५ केजी तौल समूहमा बागमतीका निमेश गुरुङ पहिलो, लुम्बिनीका प्रदीप घर्तीमगर दोस्रो, बागमतीका रमेश तामाङ तेस्रो र लुम्बिनीका भूपेन्द्र पुनमगर चौथो हुन सफल भएका छन् ।

पुरुषकै खुल्ला तौल समूहमा प्रदेश नं. १ का राजकुमार बुढा पहिलो, कर्णालीका विशाल बुढामगर दोश्रो, लुम्बिनीका रबिन सुनार तेश्रो र सुदुरपश्चिमका विवेक बिक चौथो भए । पुरुषतर्फ अनुस महरा र महिलातर्फ शान्ति पौडेल उत्कृष्ट खेलाडी भए । नेपाल पुलिस स्कुलका गुमान घर्तीमगर उत्कृष्ट रेफ्रि घोषित भए । पुरुषतर्फ विजेश थापामगर र महिलातर्फ चादनी खत्री बेस्ट अनुशासन खेलाडी घोषित भइन । ३ दिनसम्म चलेको प्रतियोगितामा सात प्रदेश र नेपाल प्रहरी स्कुलबाट गरि १० हजार खेलाडीको सहभागीता रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको समापन कार्यक्रममा विजयी टोली तथा खेलाडीलाई माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोकामगर, नेपाल मार्शल आर्ट्स हाप्किडो संघ तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्तीमगर, केन्द्रीय सहायक प्रमुख प्रशिक्षक भुवन बुढामगर र केन्द्रीय सहायक प्रमुख प्रशिक्षक प्रबिण गुरुङले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।