Ad Area

फोरलेन सडक निर्माणका लागि दवाव दिऔं : केन्दीय सदस्य गिरी


दाङ,९ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले अलपत्र अवस्थामा रहेको घोराही–तुलसीपुर फोरलेन सडक निर्माणको कामलाई अघि बढाउनका लागि दवाव सिर्जना गर्न नेपाली कांग्रेस दाङलाई आग्रह गरेका छन् ।

कांग्रेस दाङले घोराहीमा आयोजना गरेको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको बुधवार समापन गर्दै केन्द्रीय सदस्य गिरीले अलपत्र अवस्थामा रहेको जिल्लाकै प्रमुख सडक निर्माणको कामलाई अघि बढाउनका लागि कांग्रेसले सम्वन्धीत निकायलाई दवाव सिर्जना गर्नुपर्ने बताए । बर्षौबर्ष सडक अलपत्र हुँदा कयौं नागरिकको ज्यान गुमाउनका साथै अनाहकमा दु:ख पाउनुपर्ने अवस्था भएको भन्दै त्यसका दवाफ सिर्जना गरेर सडक निर्माणको कामलाई अघि बढाउनुपर्ने बताए ।

‘घोराही–तुलसीपुर फोरलेन सडक निर्माण नहुँदा कति नागरिकले ज्यान गुमाउनु परेको छ । अझै कतिले गुमाउनु पर्ने हो ?’, नेता गिरीले भने,‘जनताको दुःख पाइरहेका छन् । यो हटाएर सडक निर्माणको कामलाई अघि बढाउन दवाफ दिऔ ।’ जिल्लाको प्रतिष्ठासंग जोडिएको सडक नबन्दा अकालमा नागरिकले ज्यान गुमाउनुु दुःख भएको भन्दै उनले काम गर्न नसक्नेबाट सरकारले ठेक्का तोडेर नया व्यवसायीलाई कामको जिम्मा दिनुपर्ने बताए ।

फोरलेन सडक अलपत्र पार्ने र कामदारलाई काम गरेबाफतको पैसा नदिनेलाई कडा कारबाहीको माग समेत गरे । ‘घोराही–तुलसीपुर फोरलेन सडक अलपत्र पारेर जनताको ज्यान लिने र दुःख दिनेका विरुद्धमा कांग्रेस बोल्नुपर्छ’,उनले भने,‘कांग्रेसले बोल्दापनि अटेरी गरेर सडक निर्माणको काम अघि नबढाए दवाफका लागि सडक अबरुद्ध गर्नुपर्छ ।’ उनले त्यसका लागि आफु तयार रहेको समेत बताए ।

त्यसैगरी उनले निर्वाचन नजिकिदै आएको भन्दै कांग्रेसलाई जिताउन कांग्रेसका नेता तथा कार्यकर्ताहरु जनताको घरघरमा पुगेर गुनासा सुन्न समेत आग्रह गरे । उनले आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनका लागि गाउँगाउँ पुगेर जनताको समस्या के हुन, स्थानीय सरकारले यो अवधिमा के के गरे, के गर्न सकेनन्, कसरी अनियमिता र भष्टाचार गरिरहेका छन भन्ने बारेमा बुझन बोल्न समेत आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले कांग्रेसले गरेका राम्रा कामहरु जनताहरुमा प्रचार गर्दै कम्युनिष्टहरुले पाँच बर्षको अवधिमा गरेका नराम्रा कामहरुको पर्दापास गर्नुपर्ने बताए । त्यसका लागि कांग्रेसका हरेक कार्यकर्ताहरुदेखि नेताहरुले अध्ययनलाई बढाउँनुपर्ने बताएका थिए । उनीहरुले स्थानीय स्तरमा कांग्रेसले घोषणापत्र तयार गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

Blog Post Ad

नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारती, नेपाली कांग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति भिमप्रकाश खड्का, कांग्रेसका नेताहरु श्रीपत चौधरी, प्रकाश श्रेष्ठ, अभियान बस्नेत, गोपाल नेपाली, प्रशिक्षक गोविन्दप्रसाद न्यौपाने, भरतराज देवकोटा, नेपाली कांग्रेस दाङका जिल्ला सचिव बालिका लम्साल, सहसचिव सुवोध डाँगीलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला सचिव अर्जुन योगीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad