Ad Area

आफ्नै साहुसँग अपहरणको नाटक गरेर रकम उठाउन खोज्ने पक्राउ


दाङ, ९ चैत । दाङ गलत अफवाह फैलाएर सञ्चालकसँग ५० लाख फिरौती रकम उठाउन खोज्ने एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङले बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर व्यवसायी समेत रहेका हरिप्रसाद रिजालसँग मोटो रकम उठाउन खोज्ने रुकुम पश्चिम बाँफिकोट–९ घरभई हाल तुलसीपुर उपमहानगरपालिका–४ नयाँबस्ती बस्दै आएका २४ बर्षीय जनक देवकोटालाई पक्राउ गरेको हो । पक्राउ परेका देवकोटाले तुलसीपुर उपमहानगरपालिका–४ नयाँ बस्तीस्थित रिजालले सञ्चालन गर्दै आएको ड्राईगन कृषि फर्ममा काम गर्दै आएका थिए ।

कृषि फर्ममा काम गर्ने देवकोटाले योजनावद्ध रुपमा आफ्नै साहुसँग फिरौती उठाउने क्रममा मंगलवार पकाउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिएका छन् । प्रहरी प्रमुख काफ्लेका अनुसार पक्राउ परेका देवकोटाले योजनावद्ध रुपमा आफ्नै मालिकलाई डर, त्रास र धम्कीपूर्ण भाषाको प्रयोग गर्दै मोटो रकम असुल्न लागि परेका थिए ।

‘कृषि फर्ममा काम गर्दै आएको अभियुक्तलाई पैसाको लोभले अपराधिक क्रियाकलापमा डो¥याएको देखिन्छ’,प्रहरी प्रमुख काफ्लेले,‘त्यही अनुसार उसले कृषि फर्मको गेटमा बस जस्तो देखिने शंकास्पद बस्नु राख्ने, धम्कीपूर्ण भाषाको पर्चा लेख्नेदेखि आफु अपहरणमा परेको झुट्ठो अफवाह फैलाउनेसम्मको काम गरेको छ ।’

प्रहरी प्रमुख काफ्लेका अनुसार रकम अशुल्ने योजनाका साथ योजनावद्ध रुपमा देवकोटाले फागुनको २७ गते शंकास्पद बस्तु राख्ने, फागुन ३० गते साँझ ड्राइगन कृषि फर्म रहेको गेटमा अगं्रेजी अक्षरमा लेखिएको (एमसीसी) विरोधी धम्की पूर्ण भाषाको पत्र राखेका थिए भने चैत्र ६ गते अपहरण परेको नाटक गरेका थिए । अनुसन्धानका क्रममा सवै क्रियाकलाप गर्ने व्यक्ति देवकोटा नै भएको अनुसन्धानबाट खुलेको प्रहरीको दावी छ ।

पक्राउ परेका देवकोटाले यहि चैत्र ६ आइतवार तुलसीपुर बजार जान्छु भनि घरबाट निस्किएको र बेलुका श्रीमतीलाई मोवाइलमा म्यासेज गरेर आफु अपहरणमा परेको बताएका थिए । अपरणमा परेको म्यासेज आएपछि प्रहरीले थप अनुसन्धान गर्दा उनी आफै पक्राउ परेका हुन । पक्राउ परेका देवकोटाविरुद्ध विस्फोटक पदार्थ सम्बन्धी कसुर र झुठ्ठा अपवाह फैलाउन नहुने कसुरमा मुद्धा दर्ता गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad