Ad Area

८ हजार ४ सय ४४ घरमा टिनको छानो


दाङ, १० चैत । विगत २ वर्षको अवधिमा ४ जिल्लामा गरेर ८ हजार ४ सय ४४ वटा घरमा टिनको छानो लगाइएको छ । दाङ, प्यूठान, रोल्पा र रुकुम–पूर्वमा आर्थिक वर्ष २०७७÷०७८ सम्ममा यो सङ्ख्यामा टिनको छानो लगाइएको हो ।

संघीय सरकारले सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत खरको छानो हटाएर टिनको छानो लगाउन थालेको सघन सहरी तथा भवन निर्माण आयोजना दाङले जनाएको छ । यस प्रकारको कार्यक्रम दाङ र प्यूठानमा आर्थिक वर्ष २०७७÷०७८ बाट सुरु भएको हो । रोल्पा र रुकुमपूर्वमा आर्थिक वर्ष २०७६÷०७७ बाट सुरु भएको हो । यस कार्यक्रमले सबै जातिका नागरिकलाई समेटिएको सघन सहरी तथा भवन निर्माण आयोजना दाङका आयोजना प्रमुख खड्गबहादुर चौधरीले बताए ।

‘कुनै जातजातिलाई मात्र नभइ सम्पूर्ण नागरिकलाई यसले समेट्ने छ’, प्रमुख चौधरीले भने । अन्य समुदायका गरिब तथा विपन्नले समेत यसको अवसर पाउने गरेका छन् । खरको छानो भएका नागरिकलाई टिनको छानो लगाउनका लागि रकम सहयोग गरिने उनको भनाइ रहेको छ । प्रतिघर ५० हजारका दरले रकम प्रदान गरिने प्रमुख चौधरीले बताए ।

उक्त रकम सम्बन्धित व्यक्तिको बैंक खातामार्फत् प्रदान गरिने गरेको छ । यसरी प्रदान गरिने रकम दुई किस्तामा गरेर प्रदान गरिने गरिएको आयोजनाले जनाएको छ । पहिलो किस्तामा ६० प्रतिशत रकम प्रदान गरिनेछ भने सम्पन्न भएपछि बाँकी रहेको रकम पाउने गरेका छन् । सरकारबाट प्राप्त भएको रकम सम्बन्धित स्थानीय तहहरूमा बजेट जाने गर्दछ ।

स्थानीय तहहरूले यसको कार्यान्वय गर्ने गरेका छन् । यसको कार्यान्वयन अनुगमन समेत स्थानीय तहहरूले गर्ने व्यवस्था रहेको छ । कसलाई टिन लगाउन रकम दिने भन्नेबारे स्थानीय तहहरूले आ–आप्mनो तहमा सार्वजनिक सूचना प्रकाशित गरेर छनोट गर्नुपर्ने व्यवस्था रहेको छ । त्यसपछि आएका निवेदनहरूबाट जिल्लामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरूको सहभागितामा बस्ने बैठकले कसलाई रकम दिने भनेर निर्णय गर्ने गरेकोे छ ।

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत दाङमा ३ हजार ९ सय ३५ वटा घरमा टिनको छानो लगाइएको छ भने १ सय ७ वटा छनोट हुन बाँकी रहेका थिए । क्षेत्र नं १ अन्तर्गत घोराही उपमहानगरपालिकामा २ सय १३, राप्ती गाउँपालिकामा २ सय ४६, लमही नगरपालिकामा ३ सय ४७ वटा, राजपुर गाउँपालिकामा ३ सय २९, गढवा गाउँपालिकामा ३ सय ९७ वटा घरमा टिनको छानो लगाइएको छ ।

Blog Post Ad

निर्वाचन क्षेत्र नं. २ अन्तर्गत घोराही उपमहानगरपालिकामा ५ सय ४५, तुलसीपुर उपमहानगरपालिकामा ३ सय १७, बंगलाचुली गाउँपालिकामा ४ सय २ घरमा टिनको छानो लगाइएको छ । यसैगरेर क्षेत्र नं. ३ अन्तर्गत तुलसीपुर उपमहानगरपालिकामा ५ सय १, दंगीशरण गाउँपालिकामा २ सय ९, शान्तिनगर गाउँपालिकामा १ सय ८८, बबई गाउँपालिकामा २ सय ४१ घरमा टिनको छानो लगाइएको छ ।

प्यूठान जिल्लामा १ हजार ७ सय २ घरमा टिनको छानो लगाइएको छ भने ४ वटा छनोट गर्न बाँकी रहेका थिए । जसअन्तर्गत प्यूठान नगरपालिकामा २ सय, स्वर्गद्वारी नगरपालिकामा २ सय ४६, गौमुखी गाउँपालिकामा ५०, माण्डवी गाउँपालिकामा १ सय, सरुमारानी गाउँपालिकामा २ सय, मल्लरानी गाउँपालिकामा १ सय ६६, नौबहिनी गाउँपालिकामा २ सय २०, झिमरुक गाउँपालिकामा २ सय र ऐरावती गाउँपालिकामा ३ सय २० घरमा टिनको छानो लगाइएको छ ।

यसैगरेर रुकुम पूर्व जिल्लामा ७ सय ८१ घरमा टिनको छानो लगाइएको छ भने ३८ वटा सम्झौता हुन सकेको थिएन । जसमा पुथा उत्तरगंगा गाउँपालिकामा १ सय ९९, भूमे गाउँपालिकामा २ सय ७३, सिस्ने गाउँपालिकामा ३ सय ९ वटा घरमा टिनको छानो लगाइएको छ ।

रोल्पा जिल्लामा २ हजार २६ घरमा टिनको छानो लगाइएको छ । जसमा रोल्पा नगरपालिकामा २ सय ५४, त्रिवेणी गाउँपालिकामा २ सय ५१, परिवर्तन गाउँपालिकामा १ सय ६४, माडी गाउँपालिकामा १ सय ४०, रुन्टीगढी गाउँपालिकामा ३ सय ४४, लुङ्ग्री गाउँपालिकामा १ सय १०, गंगादेव गाउँपालिकामा २ सय २४, सुनछहरी गाउँपालिकामा १ सय १, सुनिल स्मृति गाउँपालिकामा ३ सय १७ र थवाङ गाउँपालिकामा १ सय २१ घरमा टिनको छानो लगाइएको छ ।

दाङ जिल्लामा तुलसीपुर उपमहानगरपालिकाले पूरै उपमहानगरलाई खरको छानोमुक्त बनाउने अभियान तीन वर्ष अघिदेखि नै सञ्चालन गरेको थियो । जनप्रतिनिधिको अन्तिम कार्यकाल चालु आर्थिक वर्षमा उपमहानगरका प्रायः सबै खरका घरलाई विस्थापन गरेर टिनको छानो लगाइएको छ ।

चालु आर्थिक वर्ष उपमहानगरका १९ वटै वडाहरूबाट छनोट गरिएका नागरिकका घरमा टिनको छानो हाल्नका लागि उपमहानगरपालिकाले वडा कार्यालयमार्फत् १८ हजार रूपैयाँ पेस्की समेत उपलब्ध गराएको छ । बाँकी ३२ हजार रूपैयाँ टिनको छानो राखिसकेको प्रमाण सहित प्राविधिक प्रतिवेदन उपमहानगरपालिकामा बुझाएपछि भुक्तानी दिइने उपमहानगरपालिकाले जनाएको छ । यसमा उपमहानगरपालिकाले प्रतिघर ५० हजार रूपैयाँ उपलब्ध गराएको छ । यद्यपि, पूरै दाङ जिल्लालाई खरको छानोमुक्त बनाउने कार्यक्रम भने सबै पालिकामा सञ्चालन भएको छैन ।

Blog Post Ad Blog Post Ad