Ad Area

लाज मान्दै, रोग पाल्दै


घोराही, ११ चैत । घोराही उपमहानगरपालिका वडा नं. ४ लक्ष्मीपुर निवासी ६५ बर्षिया विष्णा आचार्यलाई लामो समयदेखि पेट दुख्ने समस्या थियो । लामो समयदेखि पेट दुखिरहदा पनि उपचारका लागि जान पाएकी थिइनन् । उपचारका लागि नजानुको मुख्य कारण लाज थियो ।

यस्तै सोही वडाकी ३६ बर्षिया इश्वरी भण्डारीलाई पनि आचार्यलाई जस्तै समस्या थियो । पेट दुखेर हैरान हुँदा पनि आफूलाई परेको समस्या भन्न नसक्दा रोग पालेर बसेकी थिइन् । उनलाई पेट दुख्ने तथा पाठेघर खस्ने समस्या थियो । विहीबार नेपाल परिवार नियोजन संघ, ग्रामिण महिला उत्थान केन्द्र र वडामा रहेको स्वास्थ्य चौकीले निशुल्क शिविर राखेपछि पाठेघरको अवस्थाका जाँच गराइन् । आफ्नो वडामै स्वास्थ्य जाँचको व्यवस्था गरेपछि उनिहरुको जाँच भएको हो । पाठेघर खस्ने समस्या भोगिरहेकी आचार्य र भण्डारी मात्रै होइन वडाको विकट बस्तीबाट आएका महिलाहरुले शिविरमा स्वास्थ्य परिक्षण गराएका थिए ।

घोराही बजारदेखि केही किलोमिटरको मात्रै दुरीमा वडा नं. ४ रहेको छ । वडा नंं. ४ मा एउटा स्वास्थ्य चौकी रहेको छ । स्वास्थ्य चौकीमा अन्य समयमा पेट दुख्ने र सेतो पानी बग्ने समस्या लिएर महिलाहरु आउने गरेको भएपनि जटिल प्रकृतिका समस्याहरु लिएर नआउने गरेको स्वास्थ्य चौकीका इञ्चार्ज नारायण शर्माले बताए । ‘सेतो पानी बग्ने, तल्लो पेट दुख्ने जस्ता समस्या लिएर त थुप्रै महिलाहरु आउने गर्नुभएको थियो, जटिल खालका केही आज आउनुभयो ।’ उनले भने । विकट गाउँबाट स्वास्थ्य संस्थासम्म जाने समस्या हुने भएपछि कतिपय रोग पालेर बस्ने गरेको पाइन्छ ।

निशुल्क शिविरमा ९० जनाले स्वास्थ्य परिक्षण गराएका थिए । जसमा ९० जना महिलाहरु थिए । महिलाहरुका लागि भनेर आयोजना गरिएको शिविरमा आएका ६० जना महिलाको पाठेघरको मुखको जाँच गरिएको थियो । जसमा तीन जनालाई पाठेघरको मुखमा क्यान्सर भएको शंका गरिएको छ । तीन जनामध्य एकजनालाई थप जाँचको लागि रिफर गरिएको पनि शर्माले जानकारी दिएका छन् ।

शिविरमा एकजनालाई कपरटि दिइएको थियो । तीनजनालाई इन्प्लान्ट राखिएको थियो । शिविरमा आएका ९० जनामध्य सेतो पानी बग्ने र तल्लो पेट दुुख्ने समस्या भएका महिलाहरुको संख्या ८० रहेको थियो । शिविरमा भर्खरका सुत्केरी देखि ७० बर्षिय हजुरआमाहरुको पनि सहभागिता थियो ।

तल्लो उमेरका महिलामा सेतो पानी बग्ने र तल्लो पेट दुख्ने समस्या बढी देखियो भने माथिल्लो उमेरका महिलामा अलि जटिल खालका समस्याहरु देखिएको परिक्षणमा खटिनुभएका डा. अमित लामगाडेको भनाई छ । उनले महिलाहरुले पटक पटक नियमित रुपमा आफ्नो पाठेघरको जाँच गराउनुपर्ने सुझाव दिए । महिलाहरुमा लाज मान्ने र आफ्नो रोगका बारेमा नभन्ने चलन रहेको भन्दै आफूमा भएको समस्या निर्धक्क रुपमा राख्नुपर्ने बताए ।

Blog Post Ad

शिविरमा आएकाहरुलाई स्त्रि रोग सम्वन्धी उपचार तथा परामर्श सेवा प्रदान गरिएको थियो । यस्तै महिलाको पाठेघरको मुखमा क्यान्सर भए÷नभएको जाँच गरिएको थियो भने लामो अवधिको परिवार नियोजन तथा परामर्श सेवा प्रदान गरिएको थियो । शिविरमा खटिएका डा. रमेश बस्नेतका अनुसार शिविरमा आएकाहरुलाई यौन रोगको उपचार तथा परामर्श सेवा प्रदान गरिएको थियो । शिविरमा परिवारनियोजनबाट एकजना विशेषज्ञ डाक्टर सहित चार जना, वडामा रहेको स्वास्थ्य चौकीबाट एक जना विशेषज्ञ डाक्टर सहित नौ जना र उपमहानगरपालिकाको स्वास्थ्य शाखाबाट गएको जनशक्ति खटिएको थियो ।

यस अघि औपचारिक कार्यक्रम आयोजना गरेर शिविरको उद्घाटन गरिएको थियो । ग्रामिण महिला उत्थान केन्द्रकी अध्यक्ष आशमानी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष भिमबहादुर सार्कीले आफ्ना भनाई राखेका थिए । औपचारिक कार्यक्रमको संचालन शिवा चौधरीले गरेकी थिइन् ।

 

Blog Post Ad Blog Post Ad