Ad Area

कांग्रेस प्रदेश क्षेत्रले खटायो वडा–वडामा प्रतिनिधी


घोराही, ११ चैत । नेपाली कांग्रेसको ‘घर–घर जाऔँ कांग्रेस जिताऔँ’ अभियानकालागी नेपाली कांग्रेस क्षेत्र नम्बर २ (ख) दाङले प्रतिनीधी खटाएको छ । प्रदेश क्षेत्रको आज शुक्रवार नारायणपुरमा बसेको बैठकले क्षेत्रमा पर्ने १२ वडामा प्रतिनीधीहरु खटाउने निर्णय गरेको हो ।

प्रदेश क्षेत्रीय कायसमितिको बैठकले घोराही उपमहानगरपालिका वडा नम्बर ६ मा गिरबहादुर बस्नेत, ७ मा पूर्णबहादुर रोका, ८ मा भोला बुढाथोकी, ९ मा शोभा न्यौपाने, १० मा लक्ष्मी शाह, ११ मा लक्ष्मी लम्साल, १२ मा जग्गु चौधरी र १६ मा रमा डाँगीलाई खटाउने निर्णय गरेको हो । यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ मा रामकुमार डाँगी, १७ मा रुपलाल बस्नेत, १८ मा बिष्णुमणी धिताल र १९ मा रमेश रोकालाई खटाउने निर्णय गरिएको छ ।

यस्तै बैठकले चैत १५ र १६ गते प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । साथै भेला गर्ने पनि बैठकले निर्णय गरेको क्षेत्रीय सचिव डिल्लीबहादुर वलीले जानकारी दिनुभएको छ । बैठक क्षेत्र नम्बर २ (ख) का सभापति अभियान बस्नेतको अध्यक्षता लुम्बीनी प्रदेश सदस्य प्रचण्डबिक्रम न्यौपानेको प्रमुख आतिथ्य र क्षेत्र नम्बर २ का सचिव आर.के.शीतलको विशिष्ठ आतिथ्यमा बैठक बसेको थियो । बैठकमा देबराज लमिछाने, बिष्णु दाहाल, होमबहादुर सेरचन थकाली, कुमुदराज शर्मा, चुडामणी धिताल, निर्मल न्यौपानेले भनाई राख्नुभएको थियो ।

यस्तै नेपाली काँग्रेस दाङ प्रदेश क्षेत्र नं २ क को घुम्ती बैठक तथा अन्र्तरक्रिया कार्यक्रम घोराही उप महानगरपालिका वडा नं १७ घनीबगीयामा सम्पन्न भएको छ । बैठकले आउदै गरेको निर्वाचनलाई मध्य नजर गरेर वडाहरुमा प्रशिक्षण तालिम सञ्चालन गर्नेका लागि प्रदेश सदस्य रजिव उल्लाह खानको संयोजकत्वमा पुर्णबहादुर मल्ल, बमबहादुर खड्का रहने गरि प्रशिक्षक प्रशिक्षण तालिम व्यवस्थापन समिती गठन गरेको छ ।

‘घर–घर जाउ कांग्रेस जिताउ’ अभियानलाई सफल बनाउनलाई वडामा खटिएका प्रदेश प्रतिनिधिहरुलाई यथाशीघ्र टोल समिति गठन गर्ने, त्यहाँको बस्तु स्थितीबारे रिपोटिङ गर्न अनुरोध गरेको छ । साथै जिल्ला कार्य समिती विस्तारमा जिल्लामा मनोनित हुने सम्पुर्ण सदस्य, आमन्त्रित सदस्य सल्लाहकारहरुलाई वधाइ दिएको छ । बैठक २ क सभापती प्रकाश श्रेष्ठको सभापतीत्व तथा लुम्विनी प्रदेशका सह महामन्त्रि खगराज पाण्डेको आतिथ्यतामा भएको थियो ।

त्यस अवसरमा महाधिवेसन प्रतिनिधि बद्रीकुमार खड्का, लिला नेपाली, क्षेत्र नं २ का सभापती भिमप्रकास खड्का, जिल्ला सदस्य नारायणप्रसाद अधिकारी, किरण रेग्मी, खेमराज वि क, विरवहादुर खत्री, रेखा खत्री, सतिस आचार्य, शुसिला पौडेल, निर्मला गौतम, गोविन्द गोराथोकी लगाएतकाले भनाई राखेका थिए । नेपाली काग्रेस घोराही वडा नं १७ का अध्यक्ष वुझौना चौधरीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रदेश क्षेत्र २ क का सचिव माया पोख्रेलले गरेकी थिइन् ।