Ad Area

अनुभव र युवा स्टारले भरिएको ‘घोराही टाईगर्स’


दाङ,११ चैत । दाङको घोराहीमा शनिवारदेखि हुन थालेको दाङ क्रिकेट लिगमा घोराही प्रतिनिधित्व गरेको घोराही टाईगर्सले आप्mना खेलाडी अनुभवी र युवा खेलाडीले भरिएकाले प्रतियोगीतामा उत्कृष्ठ प्रदर्शनसँगै जीत हासिल गर्ने बताएको छ ।

घोराही टाईगर्सका टिमका ओनर अविनाश रानाले आफ्नो टिममा युवा स्टारसँगै अनुभवी खेलाडीहरु भएको बताएका हुन् । रानाले टिमका क्याप्टेन सशान्तसिंह ठकुरीलाई जर्सी दिदै टिमको जर्सी सार्वजनिक गरेका हुन । घोराही टाईगर्स टिम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका अनुभव लिएका र युवा जोसले भरिएका खेलाडीहरु भएकाले प्रतियोगितामा टिमले उत्कृष्ठ प्रदर्शनसँगै टर्फीको जित्ने विश्वास व्यक्त गरे ।

उनका अनुसार घोराही टाईगर्समा अण्डरयज ग्रुपमा राष्ट्रियदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका क्याप्टेन सुशान्तसिंह थापा, रासिद खान र रविन्द्रजंग शाहीलगायतका खेलाडीहरु रहेका छन् । उनीहरु मध्य नेपाल प्रहरीको विभागीय टिमबाट खेलिरहेका खान टिमका मार्की खेलाडी समेत हुन । जसले गर्दा घोराही टाईगर्सलाई गेम जित्ने विश्वास छ ।

टिममा अन्य खेलाडीहरुमा शिशिर डिसी, सिद्धान्तराज शाही, तुलबहादुर थापा,अनुप न्यौपाने, रविन थापा,रामबरण यादव, अवाज गौतम, अनिश खड्का, विराट भण्डारी, देव भण्डारी, गणेश डडेल र युवराज सुवेदी रहेका छन् । टिमको ओनर राना युवा व्यवसायी हुन । उनी निर्माण व्यवसायी संघ लुम्विनी प्रदेशका अध्यक्षका तथा समाजसेवी बलिभद्र रानाका छोरा हुन ।

क्रिकेटका पूर्व खेलाडी समेत रहेका रानाले गेम सम्वन्धी काठमाण्डौंमा प्लेय वाइ क्लव सञ्चालन गर्दै आएका छन् । त्यसैगरी टिमको मेन्टरमा अनुप गौतम, कोचमा सन्देश केसी, म्यानेजरमा बिजय भुषाल रहेका छन्। प्रतियोगितको उद्घाटन खेल घोराही टाईगर्सले देउखुरी वारियर्ससँग विहान खेल्नेछन् । प्रतियोगिताको बिजेता टिमले दुई लाख रुपैया र उपबिजेता टिमले नगद एक लाख रुपैया जित्ने छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad