Ad Area

रोल्पामा ट्याक्टर दुर्घटना,एकको मृत्यु


रोल्पा, ११ चैत्र । रोल्पामा टेक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रोल्पाको सुनिलस्मृति गाउँपालिकाको लोबाङमा ट्याक्टर दुर्घटना हुँदा शुक्रबार एक जनाको मृत्यु भएको हो ।

रोल्पाको सुलिचौरबाट बालुवा लिएर गजुल काप्रा भन्ने स्थानमा जानेक्रममा सुनिलस्मृति गाउँपालिका–३ लोबाङस्थित कच्ची सडकमा ट्क्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । मृत्यु हुनेमा ट्याक्टरका सह–चालक सुनिलस्मृति गाउँपालिका–५ निवासी २० बर्षीय खुमे थापा रहेका छन् ।

ट्याक्टर सडकबाट करिव ६० मिटर तल खसेको छ । गम्भीर घाइते भएका थापाको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा मृत्यु भएको हो । ट्याक्टरका चालक सुनिलस्मृति गाउँपालिका–३ का २४ वर्षका यमराज विष्ट गम्भीर घाइते भएका छन् । उनको थप उपचारको लागी बुटवल पुर्याइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad