Ad Area

दाङमा पानीमा डुबेर दुई जनाको मृत्यु !


दाङ, ११ चैत्र । दाङमा पानीमा डुबेर दुई जनाको मृत्युभएको छ । जिल्लाको घोराही र राप्तीमा दुई जनाको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । राप्ती गाउँपालिका १ माथिल्लो भालुबाङको राप्ती नदिमा नुहाउने क्रममा एक जनाको मृत्युभएको छ ।

अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नम्बर ८ लापे बस्ने ३० वर्षीय शुक्रराज घर्तीमगरको नुहाउने क्रममा डुबेर मृत्युभएको दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

नदीमा डुबेको खबर पाउन साथ इलाका प्रहरी कार्यालय भालुबाङबाट प्रहरी निरीक्षक भुवन भट्टको कमाण्डमा गएको प्रहरी टोलीले शव फेला पारेको हो ।

यसैगरी घोराही उपमहानगरपालिका वडा नम्बर २ बलरामपुरका ५० वर्षीय जितबहादुर चौधरीको नुहाउने क्रममा तलाउमा डुबेर मृत्युभएको हो । भैसीलाई पानी खुवाउन तलाउमा लगेका चौधरीले तलाउ छेउमा नुहाउने क्रममा बिहीबार बेलुका डुबेर बेपत्ता भएको भन्ने सूचनाका आधार प्रहरी र स्थानीयले खोजी गरेका थिए । प्रहरी चौकी रामपुरबाट प्रहरी नायव निरिक्षक भोजबहादुर थापाको कमाण्डमा प्रहरी गएर खोजी गरेको थियो ।

तर नभेटिएपछि जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरीक्षक मोहनजंग बुढा थापाको कमाण्डमा गएको टोलीसहित स्थानीयले खोजी गर्दा शुक्रबार बिहान तलाउको किनारमा चौधरीको शव भेटिएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad