Ad Area

दाङ क्रिकेट लिगमा घोराही टाईगर्सको विजयी सुरुवात


दाङ,१२ चैत । सगरमाथा सिमेन्ट दाङ क्रिकेट लिग–२०७८ को पहिलो खेलमा घोराही टाईगर्सले विजयी सुरुवात गरेको छ । प्रतियोयीताको पहिलो खेलमा घोराही टाईगर्सले देउखुरी वारियर्समाथि ३ विकेटको जित दर्ता गर्दै सुखद् सुरुवात गरेको हो ।

घोराही–१७ गुलरिया क्रिकेट मैदानमा भएको खेलमा देउखुरीले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो । देउखुरीका लागि विशालविक्रम केसीले सर्वाधिक ७१ रन बनाउँदा मार्की खेलाडी नारायण जोशीले २७ र आशिष वलीले २५ रनको योगदान गरे । घोराहीका अनुप न्यौपानेले २ विकेट लिँदा राशिद खान, रविन थापा र सिद्धान्तराज शाहीले एक÷एक विकेट हात पारेका थिए ।

१४० रनको बिजयी लक्ष्य घोराहीले निर्धारित ओभरका् १ बल बाँकी छदै पुरा गरेको थियो । घोराहीलाई बिजयी गराउनका लागि शिशिर डिसीले ३३ रन बनाउँदा राशिद खान र तुलबहादुर थापा दुवैले १८–१८ रनको योगादन गरे । त्यसैगरी सुशान्तसिंह र सिद्धान्तराज शाहीको ब्याटबाट बनेको १४–१४ रन पनि घोराहीलाई जिताउन पर्याप्त बन्यो ।

देउखुरीका लागि आशिष ओलीले ३ तथा नारायण जोशीले २ विकेट लिएपनि हार टार्न पर्याप्त बनेन् ।  प्रतियोगितामा ५ टिमको सहभागिता रहेको छ ।