Ad Area

तुलसीपुरमा बालकविता प्रतियोगिता


दाङ, ११ चैत्र । निमादेवी खनाल स्मृति बाल प्रतिभा पुरस्कारका लागि बाल कविता प्रतियोगिता तुलसीपुर क्षेत्र अन्तर्गत शुक्रबार सम्पन्न भएको छ ।

राती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा भएको बाल कविता प्रतियोगितामा तुलसीपुर क्षेत्रभित्रका करिव तीन दर्जन विद्यार्थी भाइबहिनीहरूले भाग लिएका थिए । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङ अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षतामा तथा नेपाल सरकारका पुर्व सहसचिव तथा एवं राप्ती बबई क्यापस व्यवस्थापन समितिका अध्यक्ष डा.विष्णुकुमार देवकोटाको प्रमुख अतिथ्यता तथा राप्ती साहित्य परिषद्का सल्लाहकार एवम् पुरस्कार संस्थापक पुरूषोत्तम खनाल र ।

राप्ती साहित्य परिषद्का वरिष्ठउपाध्यक्ष कमलमणि देवकोटाको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । नीमादेवी खनाल स्मृति बाल प्रतिभा पुरस्कारका लागि बालकविता प्रतियोगितामा साहित्यकार कमलमणि देवकोटा, डा. हिमलाल पन्थी र यम रेग्मीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगितामा संस्कार पाठशालाका न्यूसन खनाल प्रथम,  माध्यमिक विद्यालय तुलसीपुर सेन्टर स्कुलका लेखराज देवकोटा द्वितीय,  गुरूजजुर माध्यमिक विद्यालयका शैलेश शर्मा तृतीय, हिमाल एकाडेमीका कुमुद आचार्य र जीवन ज्योति स्कुलका खुमराज शर्मा सान्त्वना भएका छन् । राप्ती साहित्य परिषद्का सल्लाहकार तथा निवर्तमान अध्यक्ष पुरूषोत्तम खनालले आफ्नी आमाको स्मृतिमा यो पुरस्कार अक्षकोषको स्थापना गरेका थिए ।

बालकविता प्रतियोगिता कार्यक्रममा राप्ती साहित्य परिषद्का वरिष्ठउपाध्यक्ष तथा जिल्ला शाखा एव दाङका सल्लाहकार कमलमणि देवकोटा, दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका सचिव शेषमणि रिजाल, साहित्यकार डा. हिमलाल पन्थी, खगेश्वर भण्डारी, यम रेग्मी, मनोज मगरले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका सदस्य एवं कार्यक्रम संयोजक विमला डाँगी विकलताको स्वागत मन्तव्यबाट सुभारम्भ भएको कार्यक्रमको सहजीकरण सचिव प्रकाश के.सीले गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad