Ad Area

दाङ क्रिकेट लिगमा देउखुरी वारियर्स ७ विकेटले विजयी


घोराही, १३, चैत्र । घोराहीमा जारी दाङ जिल्ला क्रिकेट लिगमा आज दोश्रो दिनको पहिलो खेलमा देउखुरी वारियर्स ७ विकेटले विजयी भएको छ । तुलसीपुर रोयल्ससँग भएको खेलमा देउखुरी वारियर्सले आफ्नो ३ विकेट गुमाउँदै १६ दशमलव १ बलमा लक्ष्य पूरा गर्यो ।

टस जितेर पहिले व्याटिङ रोजेको तुलसीपुर रोयल्सका व्याट्सम्यान सम्हालिन नसक्दा १९ दशमलव ३ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै सय रन मात्रै बनाउन सक्यो । लगातार विकेट पतन भएपछि दवावमा परेको तुलसीपुरले मध्यम स्कोर बनाउन सक्यो । उसका लागि राहुल यादवले ३३, बसिरले १५ रन बनाउनु बाहेक अरु खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।

देउखुरी वारियर्सका अमित तामाङले ३, नारायण ओली र आशिष जिसीले २–२ विकेट लिँदा प्रतिस जिसीले १ विकेट लिए । एक सय १ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको देउखुरी वारियर्सले शुरुक्रमका व्याटस्म्यान आउट भएपछि केही दवावमा परेपनि त्यसपछिका ब्याट्सम्यानले सम्हालिएर खेल्दा जीत आफ्नो पक्षमा पार्न सफल भएको हो ।

उसका लागि सन्देश पाण्डेले ४१, नारायण ओलीले २३, आशिष जिसीले १० रन बनाए । तुलसीपुरका कलम, दीपेन्द्र र सुदीपले १–१ विकेट लिए । जारी लिगमा अब आज दोश्रो खेल घोराही टार्यगर्स र दंगाली लायन्सबीच हुँदैछ ।

यसअघि उदघाटन खेलमा जीत हासिल गरेको घोराही टाईगर्स उच्च मनोबलका साथ दोश्रो जीत निकाल्ने दाउमा मैदानमा उत्रिएको छ भने पहिलो खेलमा हार व्यहोरेको दंगाली लायन्सले घोराही टाईगर्सलाई हराउँदै जीत निकाल्ने दाउमा रहेको छ । जारी लिग चैत्र १७ गतेसम्म चल्नेछ । लिगमा जिल्लाका ५ वटा फ्रेन्चाईज क्लब आवद्ध छन् ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad