Ad Area

चैत ३० भित्र हातहतियार बुझाउन प्रशासनको निर्देशन


दाङ,१४ चैत । चैत मसान्तभित्र आफूसँग भएको हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय दाङले निर्देशन दिएको छ । इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी चौकीमा बुझाउन प्रशासनले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै निर्देशन दिएको हो ।

स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवम् विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार चैत ३० गतेभित्र नजिकको प्रहरी चौकीमा बुझाउन प्रशासनले अनुरोध गरेको छ । गृहमन्त्रालयको निर्देशनअनुसार सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad