Ad Area

कांग्रेसले आज चुनावी तालमेलबारे निर्णय गर्ने


काठमाडौं,१४ चैत । सत्तारूढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको छ ।

गएको शुक्रबारदेखि जारी बैठक आज सक्ने तयारीमा कांग्रेस छ । पार्टी प्रवक्ता डा प्रकाशशरण महतका अनुसार आजको बैठकबाट कांग्रेसले चुनावी तालमेलका विषयमा निर्णय गर्ने सम्भावना छ । स्थानीय निर्वाचनका लागि तालमेलको पक्ष र विपक्षमा निरन्तर विभिन्न धारणा आइरहे पनि पार्टीले आवश्यकताको सिद्धान्तानुसार तालमेलको पक्षमा निर्णय लिने उनको भनाइ छ ।

बैठकमा आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचका लागि पार्टीले गरेको एकमहिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔं’ अभियानको समीक्षा जारी छ । स्थलगत भ्रमणबाट फर्किएका सभापति शेरबहादुर देउवानिकटकै केन्द्रीय सदस्यले पनि चुनावी तालमेलको विपक्षमा मत राखेका छन् । यद्यपि, उनी तालमेल गर्ने पक्षमा छन् ।

रामचन्द्र पौडेलसहितका शीर्ष नेता तालमेलको पक्षमा देखिएका छन् । नेता शेखर कोइराला समूह भने तालमेलको विपक्षमा छ ।

Blog Post Ad Blog Post Ad