Ad Area

बंगलाचुलीमा चर्च भवनको उद्घाटन


घोराही, १५ चैत । दाङको बंगलाचुली गाउँपालिका–४ काभ्रेमा चर्च भवनको उद्घाटन गरिएको छ । घोराही–१५ भरतपुरबाट सञ्चालनमा आएको प्रचापी मण्डलीले आफ्नो छोरी मण्डलीको रुपमा बंग्लाचुलीमा चर्च सञ्चालनमा ल्याएको हो ।

वरिष्ट पास्टर नरबहादुर शाहको अध्यक्षता तथा बंगलाचुली गाउँपालिकाका उपध्यक्ष यमुना घर्तिको प्रमुख आतिथ्यता एवं वडा नंम्वर ३ का अध्यक्ष शोभाराम विक र ४ का अध्यक्ष नारायन डाँगीलगाएतको उपस्थितीमा चर्च भवनको सोमवार उद्घाटन गरिएको हो । ईसाई धर्मवलम्बीहरु तथा स्थानीयहरुको आर्थिक सहयोगमा चर्च भवन निर्माण गरिएको हो भने गाउँपालिकाले चर्चका लागि आवश्यक पर्ने टिन उपलब्ध गराएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष घर्तिले धर्म निरपेक्ष राष्ट्रमा एकले अर्काको धर्मलाई सम्मान गर्दै मिलेर बस्नुपर्ने बताइन । राष्ट्रको कुनै एउटा मात्रै धर्म नभएकाले राज्यले समेत सबै धर्मका मानिसहरुलाई सम्मान जनक व्यवहार गर्नुपर्ने उनको धाराना थियो ।

कार्यक्रममा वडा नं. ३ का अध्यक्ष शोभाराम विक, ४ का अध्यक्ष नारायन डाँगी, पतापी चर्च घोराहीका सहायक पाष्टर उदय शोर्णकार लगाएतले कार्यक्रममा बोल्दै ईसाई भएकै कारण समाजबाट हेरिने नकारात्मक दुष्टिकोणमा सुधार हुदै गएको बताएका थिए । बंगलाचुली चर्चका स्थानिय पाष्टर नरबहादुर महराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण दाङ जिल्ला ईसाई समुदायका सचिव सुभाष नेपालीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad