Ad Area

नागरिकमैत्री स्वास्थ्यसेवाका लागि छलफल


दाङ,१६ चैत । नागरिक समाज दाङले नागरिकमैत्री स्वास्थ्यसेवाका लागि प्रतिष्ठानसँग छफल गरेको छ । राप्तीको पुरानो स्वास्थ्य सस्थाका रुपमा रहेको प्रतिष्ठानमा जनतालाई सहज,सर्वसुभल रुपमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले नागरिक समाज दाङले प्रष्ठिानसँग छलफल गरेको हो ।

नागरिक समाज दाङका संयोजक केवी मसालको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति विकास लामिछानेले नागरिक मैत्री स्वास्थ्य सेवाका लागि प्रतिष्ठान प्रतिवद्ध रहेको बताएका थिए । साथै उनले प्रतिष्ठानले स्वास्थ्य सेवासँगै नर्सिङ कक्षा, एमबिबिएस कक्षा सञ्चालनको तयारीमा आफु रहेको बताए ।

छलफलमा प्रतिष्ठानका रजिष्टार प्रकाश थापा, निर्देशक डा प्रज्ञा बस्नेतलगातयले स्वास्थ्य सेवा बारे बोलेको नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिएका छन् । उनले नागरिकसँग सरोकार राख्ने विषयमा आगामी दिनहरुमा समेत छलफल गर्दै अघि बढ्ने बताएका छन ।

Blog Post Ad Blog Post Ad