Ad Area

धर्ना स्वास्थ्यचौकीको भवन शिलान्यास


दाङ,१६ चैत । घोराही उपमहानगरपालिका–५ बसन्तापुरमा धर्ना स्वास्थ्यचौकीको शिलान्यास गरिएको छ । सुविधा सम्पन्न भवन निर्माणका लागि बुधवार एक कार्यक्रमकाविच वडा अध्यक्ष बिष्णुमणि दाहालले भवनको शिलान्यास गरेका हुन ।

संघीय सरकारको विशेष अनुदान अन्तर्गत ७४ लाख १९ हजार पाँच सय ५३ रुपैयाको लागतमा निर्माण हुन थालेको भवन आगामी बर्ष निर्माण हुने भएको छ । भवन निर्माणको जिम्मा पूथा हिमालयन सपना जेभी आरसिसी बिल्डिङले जिम्मा लिएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका गोपाल नेपाली, एमालेका पोषन नेपाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका जुद्धबहादुर केसी, राष्ट्रिय जनमोर्चाका सूर्यलाल नेपाली,वडा सदस्य तुलसी खड्का, घोराही उपमहानगरपालिका पूर्वाधार विकास महाशाखाका इन्जिनियर बलदेव शर्मा, इन्जिनियर मधुसुदन खतिवडा, ओमप्रकाश बस्नेत, प्रकाश ज्ञवालीलगायतले बोलेका थिए ।

वडा सदस्य फत्तेबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण धर्ना स्वास्थ्य चौकीका प्रमुख नारायण न्यौपानेले गरेका थिए ।

Blog Post Ad Blog Post Ad