Ad Area

घोराहीमा बास बस्न समस्या भए सभागृह


दाङ, १६ चैत । शिक्षा आयोगको परिक्षा दिनका लागि दाङ आएर बास वस्नका लागि अति समस्या भएका व्यक्तिहरुलाई दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्व तथा दाङ देउखुरी होटेल व्यवसायी समितिको सहयोगमा व्यवस्था गरिएको छ ।

होटेलहरुमा बस्नका लागि कोठा नपाएपछि वाहिरवाट आएकाहरुलाई समस्या पर्ने नदिनका लागि संघले यस प्रकारका कार्य सुरु गरेको हो । संघले घोराहीमा निर्माण भएको बहुउदेश्य सभा गृहमा वस्ने व्यवस्था गरेको दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिह वुढाथोकीले जानकारी दिएका छन् । ‘हामीले अति समस्या परेकाहरुलाई बस्नका लागि बस्नका लागि व्यवस्था गरेका हौ’ वुढाथोकीले भने ।

यसले परिक्षा दिन आउने विद्यार्थीहरुलाई सहयोग पुग्ने उनको भनाइ रहेको छ । लुम्बिनी प्रदेश भरिका विद्यार्थी अहिले वहुउदेश्य सभाहलमा बसेका छन् । करिव २ सय जनाको व्यवस्था गरि सकिएको छ । भने अरु आउने क्रम जारी रहेको व्यवस्थापनमा खटिएका संघका विकास वलीले जानकारी दिए ।

संघले बहुउदेश्य सभा गृह तथा आवस्यक अनुसार अन्य संघ सस्था संग समेत समन्वय गरेर व्यवस्थापन गर्ने जनाएको छ । बाहिरी जिल्लावाट परीक्षा दिन आएकाहरुलाई व्यवस्थापन गर्नेकालागि संघका सदस्यहरु माधव खनाल, जगत आचार्य, विष्णुप्रसाद रिजाल लगाएत निरन्तर खटिरहेका छन् ।

वस्नका लागि कोठा नपाएकाहरुले संघले वस्ने व्यवस्था मिलाइ दिए पछि खुसी व्यक्त गरेका छन् । ‘अप्ठेयारो परेको समयमा वस्नका लागि व्यवस्था मिलाइ दिएकोमा उद्योग वाणिज्य संघलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु’ सभागृहमा बसेका एक व्यक्तिले भने । संघले वस्ने व्यवस्था गरिदिएको हुनाले आफु संगै धेरै सहज रुपमा वस्न पाएको बताए । खुल्ला रुपमा वस्नु पर्ने अवस्थामा सहज रुपमा वस्न पाइएको उनको भनाइ रहेको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad