Ad Area

दाङ क्रिकेट लिगमा घोराहीद्वारा १३४ रनको लक्ष्य, देउखुरी जवाफी व्याटिङमा


घोराही, १७ चैत्र । दाङमा जारी दाङ क्रिकेट लिगको फाईनल खेलमा घोराही टाईगर्सले १ सय ३४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
दाङ जिल्ला क्रिकेट संघको आयोजनामा घोराही १७ गुलरिया रंगशालामा जारी फाईनल खेलमा टस जितेर पहिले व्याटिङमा उत्रिएको घोराही टाईगर्सले निर्धारित २० ओभरमा सब‌ै विकेट गुमाउँदै १ सय ३३ रन बनायो ।
पहिलो पावर प्लेमा राम्रो शुरूवात गरेको घोराही टाईगर्सले मध्यक्रमका व्याट्स म्यान क्रिजमा टिक्न नसक्दा लगातार विकेट गुमाउँदै
देउखुरी वारियर्सलाई मध्यम लक्ष्य दिएको छ।
घोराहीका लागि विराट भण्डारीले ३२, रविन्द्र जंग शाहीले ९, सुशान्तसिंह थापाले १३, शिशिर डिसीले ६, सिद्धान्त राज शाहीले २, रविन थापाले १०, रासिद खानले ८, युवराज सुवेदीले १३, तुलबहादुर थापाले २० र अनुप न्यौपानेले ७ रनको योगदान दिँदै १ सय ३३ रन बनाए ।

बलिङतर्फ देउखुरी वारियर्सका अमित तामाङले ४ ओभरमा ३८ रन दिएर ३ विकेट लिँदा नारायण जोशीले पनि ४ ओभरमा २५ रन दिएर समान ३ विकेट लिए ।
यस्तै, विशाल विक्रम केसीले ४ ओभरमा २२ रन दिएर २ विकेट लिँदा आशिष वलीले पनि ४ ओभरमा २ विकेट लिँदै २१ रन खर्चिए ।

१ सय ३४ रनको विजयी लक्ष्यका साथ देउखुरी वारियर्सले जवाफी व्याटिङ गरिरहेको छ ।
च‌‌ैत्र १२ गतेबाट शुरु भएको लिगमा ५ वटा फ्रेन्चाईज क्लवले अक्सन मार्फत खेलाडी किनबेच गरि लिगमा भाग लिएका छन् । उपाधि विजेता टिमले नगद २ लाखसहित ट्रफी उचाल्ने छ भने उपविजेता टिमले १ लाखसहित ट्रफी पाउनेछ ।

Blog Post Ad Blog Post Ad