Ad Area

दाङ क्रिकेट लिगको उपाधि कसले जित्ला ? घोराही टाईगर्स र देउखुरी वारियर्स आमनेसामने हुँदै


घोराही, १७ चैत्र । दाङ क्रिकेट लिगमा आज कडा प्रतिद्वन्द्वी घोराही टाईगर्स र देउखुरी वारियर्सबीच उपाधि भीडन्त हुँदैछ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा चैत्र १२ गतेबाट घोराही १७ गुलरिया क्रिकेट रंगशालामा दुुई टीमबीच फाईनल खेल हुन लागेको हो ।

उदघाटन खेलमा आमनेसामने भएका यी दुुई टीमबीचको खेलमा देउखुरी वारियर्सलाई घोराही टाईगर्सले ३ विकेटको जीत निकालेको थियो । लिग चरणका चार खेलमा समान ३–३ जीत निकाल्दै फाईनलमा पुुगेका दुुई टीम बीचको उपाधि भिडन्त आज दिउँसो १ बजेबाट हुने भएको आयोजक दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिए ।

लिग चरणका ४ खेलमा लगातार ३ खेलमा जीत निकाल्दै फाईनल पुुगेको घोराही टाईगर्स टीम लयमा रहेकाले उपाधि जित्नेमा विश्वस्त छ । उता, देउखुरी वारियर्सले पहिलो खेलमा घोराही टाईगर्ससँग हारपछि दवावमा परे पनि उत्कृष्ट पुनरागमन गर्दै खेलमा फर्किएकाले टीम लयमा भएको भन्दै उपाधि आफ्नै पक्षमा हुने दावीमा छ ।

यसअघि उत्कृष्ट दुुईमा पर्न ४ क्लबबीचको प्रतिष्पर्धा भईरहेका बेलामा पुरन्धारा च्यालेन्जर्स पराजयसँगै बाहिरिएपछि केही राहत महसुस गरेको देउखुरी वारियर्सले हिजोको खेलमा लिगकै कम रन बनाउँदा हार नजिक पुुगेपनि कम रनको टार्गेट जित्न दिएन । देउखुरी वारियर्सका स्पीनरले पीचको फाईदा उठाउँदै कसिलो बलिङ गरेपछि ९३ रनको सामान्य लक्ष्यपनि दंगाली लायन्सले पूरा गर्न सकेन । दंगाली लायन्सलाई १६ दशमलव ४ बलमा अलआउट गर्दै केवल ८७ बलमा रोकेपछि देउखुरी वारियर्सले ५ रनको जीतमा फाईनल यात्रा तय गरेको हो ।

जारी लिगमा देउखुरी वारियर्सका ब्याटर र बलरको खेल प्रर्दशन निकै लयमा देखिएको छ । देउखुरीका ब्याटर ४ खेलमा प्रज्वल थापा व्यक्तिगत १२० रन बनाउन सफल भएका छन् । यस्तै, विशाल विक्रम केसी पनि सय रन बनाउन सफल भएका छन् । मार्की खेलाडी नारायण जोशीको बलिङ र व्याटिङ चलेको छ । उनले पनि ८४ रन बनाउँदै विकेट पनि लिन सफल छन् । यस्तै, सन्देश पाण्डेय, आशिष वली, प्रतिष जिसीको व्याटबाट पनि रन बनि रहेको छ ।

जारी लिगमा देउखुरी वारियर्सका बलरले खेललाई आफ्नो पक्षमा पार्न सफल भएका छन् । लिगमा आषिश वली सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा परेका छन् । उनले ४ खेलबाट १३ विकेट लिई सकेका छन् । यस्तै, प्रतिष जिसी, नारायण जोशी, विशाल विक्रम केसी, अमित तामाङलगायतका बलरले पिचको फाईदा उठाउन सफल भएका छन् ।

Blog Post Ad

उता, उपाधि दावेदार मानिएको घोराही टाईगर्सले पनि टीम कम्बीनेशनमा खेल जित्दै आएकाले फाईनल खेलको नतिजा आफ्नो पक्षमा हुने आत्म विश्वास लिएको छ । घोराही टाईगर्सका विराट भण्डारी पनि व्यक्तिगत १ सय १८ रन बनाउन सफल भएका छन् भने रविन्द्रजंग शाही ५१, मार्की खेलाडी रासिद खानले ८० रनसहित विकेट लिन भ्याएका छन् ।

यस्तै, सुशान्तसिंह थापा, शिशिर डिसी, सिद्धान्त शाही, तुलबहादुर थापालगायतका अनुभवी र प्रतिभावान खेलाडीको खेलमा तालमेल मिलेको पाईएको छ । घोराही टाईगर्स सामु पेस बलर रासिद खान, रविन थापा, आवाज गौतमलगायत छन् भने स्पीनरमा सिद्धान्त राज शाहीले किफायती बलिङ गर्दै आएका छन् ।

जसका कारण दुवै टीमको फाईनल खेल निकै रोमान्चक हुने देखिएको छ । व्यावसायिक क्रिकेटको इतिहासमा दाङमा आयोजना गरिएको दाङ क्रिकेट लिगले क्रिकेट खेलको विकास र खेलाडी उत्पादनमा ठूलो भूमिका खेलेको खेल क्षेत्रका जानकार बताउँछन् । अक्सन मार्फत खेलाडी किनबेच गरी ५ वटा फ्रेन्चाईज टीमले लिगमा भाग लिएर प्रतिष्पर्धा गरेका छन् ।

प्रतियोगितामा पाँच वटा फ्रेन्चाइज टिमहरु घोराही टाईगर्स, देउखुरी वारियर्स, दंगाली लायन्स, पुरन्धारा च्यालेन्जर्स र तुलसीपुर रोयल्सले भाग लिएका छन् । आजको उपाधि विजेता टीमले नगद २ लाखसहित ट्रफी उचाल्ने छ भने दोस्रो हुनेले नगद एक लाख नगदसहित ट्रफी उचाल्ने छ । यस्तै, विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले पनि पुरस्कार पाउनेछन् ।

Blog Post Ad Blog Post Ad