Ad Area

समाजवादीका नेता खनाल सोमबार दाङ आउने


दाङ, १९ चैत । दाङमा पुर्वप्रधानमन्त्री झलनाथ खनाल आउने भएका छन् । नेकपा एकिकृत समाजवादीका नेता समेत रहेका खनाल पाटीको भेला तथा कार्यकर्ता प्रशिक्षणका लागि दाङको घोराहीमा आउन लागेका हुन् । नेता खनाल यहि चैत २१ गते सोमबार दिन घोराहीमा आउन लागेको पाटीका प्रचार विभाग प्रमुख दिपक कुमालले जानकारी दिए ।

घोराही सभागृहमा संचालन हुन लागेको भेला तथा प्रशिक्षण कार्यक्रमलाई नेता खनालले सम्बोधन गर्ने भएका छन् । त्यसअवसरमा नेकपा एकिकृत समाजवादी दाङले शक्ति प्रदर्शन गर्ने प्रचार विभाग प्रमुख खनालले बताए । जिल्लाका दश स्थानीय तह र एक सयवटै वडाबाट नागरिकको सहभागीता रहने उनले बताए ।

कार्यक्रमलाई सफल बनाउन विभिन्न व्यक्तिलाई विभिन्न पदको जिम्मेवारीसमेत प्रदान गरिएको छ । चुर्णबहादुर वलीलाई, जनपरिचालन उपसमिति संयोजक, गुरुप्रसाद महरालाई संस्कृतिक संयोजक, पाटीका जिल्ला अध्यक्ष शुरामनी बेल्वासेको संयाकत्वमा पाटी प्रवेश समितिको जिम्मेवारी तोकिएको छ ।

यस्तै सचिवालय संयोजक प्रेम बुढालाई स्वयसेवक परिचालन समिति संयोजक, जिल्ला उपाध्यक्ष शोभा शाखालाई मञ्च व्यवस्थापन समितिको संयोजक, जिल्ला उपसचिव डिल्ली पुनलाई आर्थिक समिति संयोजक र प्रचार विभाग प्रमुख दिपक कुमाललाई प्रचारप्रसार संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । कार्यक्रमलाई भव्यरुपमा सफल बनाउनका लागि तयारीलाई तिब्र पारिएको प्रचार विभाग प्रमुख कुमालले बताए ।

Blog Post Ad Blog Post Ad