Ad Area

गुलरिया पार्कमा बैशाखमा महायज्ञ लगाउने तयारी


घोराही, १९ चैत्र । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरिया स्थित शिव पार्वती तथा राधा–कृष्ण मन्दिर परिसरमा बैशाख पहिलो साता महायज्ञ संचालन गर्न लागिएको छ ।

मन्दिर व्यवस्थापन समितिको आयोजनामा यही बैशाख १ गतेदेखि ८ गते सम्म संचालन हुन लागेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको तयारी स्वरुप शनिबार विहान मन्दिर परिसर सरसफाई गरिएको छ।

आयोजक समितिका पदाधीकारी, ५० वढि टोलविकास समितिका सदस्यहरु, नेपाल आर्मी, स्थानियबासी लगाएतको सहभागितामा मन्दिर परिसर सरसफाई गरिएको हो । संस्कार गृह निमार्णसंगै यस क्षेत्रको संस्कृतिहरुको संरक्षण र सम्वर्द्धन गर्ने उद्धेश्यका साथ महायज्ञ आयोजना गर्न लागिएको आयोजक मुल समितीका अध्यक्ष रमेश कुमार आचार्यले जानकारी दिए ।

श्रीमद् भागवत धन-धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ संचालनको लागि सचिवालय संयोजक हरिप्रसाद पाण्डेको संयोजकत्वमा २८ वटा विभिन्न उप समिति गठन गरिएको छ । साथै आईतबार विहान ७ बजे सोही स्थानमा पत्रकार सम्मेलनको आयोजना गरिएको मुल आयोजक समितिका सचिव एवं प्रचारप्रचार संयोजक कमल ओलीले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad